+
+
Shares

माइक्रोसफ्टले ल्यायो सस्तो मूल्यको नयाँ सर्फेस ट्याबलेट

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ८:५०

surface3  (2)ल्यापटपको बिकल्पका रुपमा माइक्रोसफ्टले सार्वजनिक गरेको सर्फेस ट्याब्लेट नयाँ संस्करणमा आएको छ जुन अघिल्लो संस्करणभन्दा झण्डै आधा सस्तो छ ।

१२ इन्च स्क्रिनयुक्त विद्यमान सर्फेस ट्याब्लेटको आकार घटाउँदै माइक्रोसफ्टले ल्याएको नयाँ ‘सर्फेस प्रो थ्री’ को साइज १०.८ इन्चको रहेको छ ।

यसको सुरुवाती मूल्यमा समेत भारी कटौती गरिएको छ । अघिल्लो बर्ष बजारमा आएको ‘सर्फेस प्रो थ्री‘ को सुरुवाती मूल्य ७ सय ९९ डलर रहेकोमा नयाँ संस्करणको ‘सर्फेस थ्री‘ सुरुवाती मूल्य ४ सय ९९ डलर तोकिएको छ ।

तर, नयाँ सर्फेस थ्रीमा उत्पादक माइक्रोसफ्टले स्क्रिन साइज, प्रोसेरको क्षमता र केही फिचरहरुसमेत कटौती गरेको छ ।

एप्पललको आइप्याड एयरसँग प्रतिस्पर्धा गर्ने खालको डिभाइस माइक्रोसफ्टले ल्याएको बताइएको छ ।

surface3  (4)

माइक्रोसफ्टको सर्फेस ट्याब्लेट डिभाइसका प्रमुख प्यानोस प्यानेका अनुसार ‘सर्फेस प्रो थ्री’ मा ग्राहकले मन पराएका कुराहरुलाई पि्रमियम डिजाइन, कार्य तथा सुलभ मूल्यका साथ सर्फेस थ्री को रुपमा माइक्रोसफ्टले ल्याएको छ ।

माइक्रोसफ्टले आफ्ना सर्फेस डिभाइसलाई ट्याब्लेटको विस्थापकको रुपमा दाबी गर्ने गरेको छ ।

सन् २०१४ को अन्तिम त्रैमासिकमा माइक्रोसफ्टले १ अर्ब मूल्यका सर्फेस ट्याब्लेट बेच्न सफल भयो । विश्लेषकहरुका अनुसार माइक्रोसफ्टले सर्फेस ट्याब्लेटको बिक्रिबाट मनग्गे मुनाफा कमाउने दिशामा रहेको छ । -एजेन्सीको सहयोगमा

surface3  (1)

surface3  (1)

surface3  (3)

surface3  (6)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?