+
+
Shares

स्वाइन फ्लूअघि ढकाललाई क्षयरोग र रक्तकोषिकाको रोग थियो : ग्राण्डी अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २२ गते ११:३२

grande-international-hospital

२२ चैत, काठमाडौं । आइतबार निधन भएका एमाले नेता रामनाथ ढकाललाई स्वाइन फ्लू संक्रमण हुनु अघि नै क्षयरोग र रत्तकोषिकासम्वन्धी रोग रहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

नेता ढकालको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । अस्पतालले पत्रकार सम्मेलन गरी ढकाल लिम्फो प्रोलिसफरेटिभ डिजिज र फिम्फ नोडको क्षयरोगबाट पीडित भएको बताएको छ ।

ramnath dhakalउपचारका क्रममा ढकालको मृगौलामा पनि गम्भीर समस्या देखिएको थियो ।

अस्पताल भर्ना भएपछि उनलाई आईसीयूमा राखिएको थियो । उनको मृगौला कमजोर भएका कारण नियमित डायलासिस समेत गरिएको थियो ।

अस्पतालका अनुसार उपचारका क्रममा ढकालको स्वास्थ्य सुध्रने र बिग्रने क्रम जारी रहृयो ।

आइतबार मध्यान्हबाट शरिरमा अक्सिजन स्याचुरेशन एकदम कम हुँदै गएको र १०० प्रतिशत अक्सिजन दिँदा पनि अवस्था नसुध्रेका कारण ३० मिनेट कार्डियाक मसाज- सिपिआर गर्दा समेत फर्काउन नसकिएको अस्पतालले जनाएको छ ।

ढकालको उपचारका क्रममा आइतबार दिउँसो १ बजेर ४० मिनेट निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?