+
+

‘विर्खे’ लिएर सुवास कतारमा, अष्ट्रेलियामा पनि देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते १५:१०

subash-tahpa
नेपालमा औषत व्यापार गरेको चलचित्र ‘विर्खेलाई चिन्छस्’को प्रदर्शनका लागि निर्माता तथा नायक सुवास थापा कतार पुगेका छन् । यो चलचित्रको आज कतारमा २ शो हुँदैछ । स्थानिय समय अनुसार २ र ५ बजे शो हुने सुवासले जानकारी दिएका छन् ।

कतारको राजधानी दोहामा यो चलचित्रको भव्य शो हुन लागेको हो । स्थानिय नेपालीले चलचित्रलाई राम्रो प्रतिक्रिया दिइरहेको सुवासले बताए । यस्तै, यही चलचित्रको शोका लागि सुवास श्रीमतीसँगै अष्ट्रेलिया पनि पुग्नेछन् । अष्ट्रेलियामा १८ र १९ तारिखमा चलचित्रको शो हुन लागेको हो ।

अष्ट्रेलियाको सिड्नी लगायतका विभिन्न शहरमा चलचित्रको शो हुन लागेको सुवासको भनाई छ । नेपालमा राम्रो प्रतिक्रिया पाएको यो चलचित्रको माग विदेशबाट पनि भैरहेको निर्माताको भनाई छ । अराज केशवले निर्देशन गरेको यो चलचित्रले ‘विर्खे’ नामक एक पात्रको कथा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?