२९ चैत, काठमाडौं । आलुतामाको नाम सुन्ने वित्तिकै हाम्रो मुख रसाउन थाल्छ । यसको स्वाद स्वाद नेपाली जनजिब्रोमा पुस्तौंदेखि लोकप्रिय रहँदै आएको छ । यही स्वादिलो परम्परालाई पछ्याउँदै सीजी फुड्सले ‘वाइ वाइ आलुतामा’ बजारमा ल्याएको छ ।
आलुतामा स्वादको वाइ वाइ चाउचाउ आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनि गरियो । प्रति प्याकेट ८५ ग्राम तौल रहेको वाइ वाइ आलुतामाको मूल्य २० रुपैयाँ रहेको छ । यो सीजी फुड्सद्धारा उत्पादित ‘हृवाइट नुडल्स’ हो ।
सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत जीपी शाहले नेपाली उपभोक्ताको स्वादलाई सम्मान गर्दै वाइ वाइ आलुतामा उत्पादन गरेको बताए । यो स्वादले वाइ वाइलाई नेपाली बजारमा थप उचाइमा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
सीजी फुड्सले गत डिसेम्बरदेखि दुई महिनासम्म सञ्चालन गरेको ‘आलुतामा रिसिप प्रतियोगिता’को बिजेता कल्पना भट्टराई भएकी छिन् । उनले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा ४२ प्रतियोगिहरुले आफ्नो सिर्जनशील पाकवान विधी पेश गरेका थिए । प्रतियोगिको चयन स्वाद, सिर्जनशीलता र सजावटका आधारमा बिजेता छनौट गरेको कम्पनीले जनाएको छ ।
प्रतियोगिताको मूख्य उद्देश्य घरको भन्छा सञ्चालन गर्ने गृहणीहरुलाई सेफको टोपी पहिराएर वास्तविक रुपमा आलुतामा परिकार बनाउने नयाँ विधीको खोजी गरी यसलाई पुनः परिभाषित गर्नु रहेको बताइएको छ ।
सीजी फुड्सले सन् १९८४ थाई पि्रजभ्र्ड फुड फ्याक्ट्रीसँगको सहकार्यमा नेपालमा वाइ वाइ चाउचाउ उत्पादन सुरु गरेको थियो । अहिले यो चाउचाउ नेपालको उत्कृष्ट ब्रान्ड बन्न पुगेको छ ।