+
+

यी हुन् २०७१ का पाँच उत्कृष्ट फिल्मी गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते १०:०८

resham-filili

फिल्म चल्नु/नचल्ने कुरा निर्धारण गर्न नसके पनि दर्शकलाई हलसम्म डोर्‍याउनुमा मुख्य भूमिका गीतसंगीतकै हुन्छ । त्यस कारण पनि निर्माता निर्देशकहरु गीत संगीतलाई निकै महत्व दिन्छन र मेहेनत गर्छन् ।

गएको बर्ष ८५ वटा फिल्म बने र हरेक फिल्ममा औसतमा तीनवटा गीतका दरले कम्तीमा पनि साढे दुई सय गीत नेपाली बजारमा सार्वजनिक भए । त्यसमध्ये निकै कमले मात्र दर्शक स्रोताको मन जित्न सफल भए ।

केही फिल्मका गीतले युट्युवमा राम्रै दर्शक कमाए पनि हलमा त्यतिकै संख्यामा पनि दर्शक पुग्न सकेनन् । कतिपय फिल्म राम्रै चले, तर गीत संगीतले कमाल गर्न सकेन् ।

आज हामी तपाईंलाई बर्ष २०७१ मा युट्युवमा सर्वाधिक लोकपि्रय पाँच पिल्मी गीतबारे जानकारी दिँदै छौं ।

रेशम फिलिलि

फिल्म रिलिज नहुँदै अत्यधिक चर्चा पायो चलचित्र रेशम फिलिलिको ‘पारी त्यो डाडा …बोलको गीतले । जबकि यस चलचित्रले अहिलेसम्म आधिकारिक भिडियो सार्वजनिक गरेको छैन । गीतको धुन मन परेकै भरमा भरमा इन्टरनेटमा यसका दर्जनौं डुप्लिकेट भिडियो र कभर गीतहरु बनेका छन जुन ओर्जिनल गीतजस्तै लोकप्रिय बनिसकेका छन् ।

अहिलेसम्म बीस लाख बढी दर्शकले यो गीत हेरिसकेका छन् भने गीत सुनेकै भरमा स्वदेश एवं विदेशमा बस्ने नेपालीहरुले आ-आफ्नै स्टाईलको म्युजिक भिडियो बनाउदै इन्टरनेटमा अपलोड गरिरहेका छन् ।

कालीप्रसाद बास्कोटाको संगीत रहेको यो गीतमा कालीप्रसाद र सिमा बराईलीको स्वर रहेको छ ।

के म तिम्रो होइन र ?

दीबंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको लगानी एवं अभिनय रहेको चलचित्र ‘कोहिनुर’ को ‘के म तिम्रो होईन र’ अर्को चर्चित गीत हो । श्रीकृष्ण र श्वेता खड्काले अभिनय गरेको यो गीतलाई अहिलेसम्म १६ लाख दर्शकले हेरिसकेका छन् ।

शम्भुजीत बास्कोटाको संगीत रहेको यस गीतमा भारतीय गायक गायिका अभिजित र साधना सरगमले स्वर दिएका छन् ।

छलछल छल्क्यो जवानी

अहिले काठमाडौं र मोफसलको सिनेमा हलमा प्रदर्शन भईरहेको चलचित्र ‘नाई नभन्नु ल-३’को छलछल छल्क्यो पानी …बोलको गीत दर्शकले निकै मन पराएका छन् । ईन्टरनेटमा अपलोड भएको तीन सातामै तीन लाख बढीले यो गीत हेरिसकेका छन् ।

पि्रयंका कार्की र आर्यन सिग्देलले अभिनय गरेको यो गीत पूर्वेली लोकभाकामा आधारित छ । बसन्त सापकोटाको संगीत रहेको यो गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने प्रल्हाद तिमल्सेना र मेलिना राईले स्वर दिएका छन् ।

घण्टी बज्यो

काठमाडौमा प्रदर्शन भईरहेको अर्को फिल्म ‘हवल्दार सुन्तली’को घण्टी बज्यो बोलको गीतलाई पनि दर्शकले उत्तिकै मन पराएका छन् । शिल्पा पोखरेल र सबिन श्रेष्ठ फिचरिङ उक्त गीतलाई तीनलाख बढी दर्शकले हेरिसकेका छन् ।

टंक बुढाथोकीको संगीत रहेको यस फिल्ममा टंक बुढाथोकी र मिलन अमात्यको स्वर रहेको छ ।

काली तिम्रो नजरैले

रेखा थापाको लगानी रहेको ‘हिम्मतवाली’ को काली तिम्रो नजरैले बोलको गीतलाई पनि दर्शकले मन पराए । टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मनिषा घिमिरेले स्वर दिएका छन् ।

१० महिनाअघि युटुबमा राखिएको उक्त भिडियोलाई अहिलेसम्म तीन लाख बढी दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?