+
+

आर्यन-नम्रताको ‘क्लासिक’ घोषणा, बन्नेछ एउटा मिठो प्रेमकथा(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते ११:००

aaryan-and-namrata
चलचित्र ‘नोभेम्बर रेन’ बनाएर सफलता चाखेका  निर्माता सुवास गिरीले नायक आर्यन सिग्देलसँग मिलेर फेरि नयाँ चलचित्र बनाउने भएका छन् । ‘क्लासिक’ नामक चलचित्रकाे नयाँ बर्षको पूर्व सन्ध्यामा एक विशेष कार्यक्रम गर्दै घोषणा गरिएको छ ।

आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतीमा यो चलचित्र बन्न लागेको हो । यो चलचित्रलाई आँखा नदेख्नेहरुको म्यूजिकल लभस्टोरी भनिएको छ ।

चलचित्रमा मुख्य भूमिकामा आर्यन सिग्देल(समय) र नम्रता श्रेष्ठ(दृष्टी) छन् । चलचित्रको छायांकन बैशाख १५ बाट सुरु हुँदैछ । चलचित्रको प्रदर्शन माघ २९ गते गर्ने निर्माणपक्षले घोषणा पनि गरेको छ । चलचित्रमा समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर राना मुख्य भूमिका छन् । चलचित्रमा संगीत ताराप्रकाश लिम्बुको संगीत रहेनछ ।

यसअघि ‘नोभेम्बर रेन’मा उत्कृष्ट संगीत भरेका लिम्बुले यसपटक झनै कर्णप्रिय संगीत तयार पारेको बताए । डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्द रहेको गीतमा यूवराज चौलागाई, मेलिना राइको आवाज छ । अझै केही गीत रेकर्ड गर्न बाँकी छ ।
aaryana-and-subashचलचित्रमा हिमाल केसीको एक्सन, नितिन चन्दको नृत्य निर्देशन, सह-निर्देशक शान थापा, एसोसियट निर्देशक विकास सुवेदी, मुख्य-सहायक निर्देशक दिनेश  रावत छन् । सुरेन्द्र पौडेलको सम्पादन रहने चलचित्रमा छेतन गुरुङको लेखन, राजेश श्रेष्ठको छायांकन रहनेछ ।

चलचित्रमा शाना थापा(पब्लिसिटी डिजाइन), अतुल मैनाली(ब्रान्ड म्यानेजर), सूर्य वुढोथोकी-प्रोडक्शन म्यानेजर), जिवन भाई(लाइन प्रोड्यूसर), कमल गिरी(कार्यकारी निर्माता) छन् । चलचित्रको निर्देशन दिनेश राउतले गर्दैछन् । यसअघि उनले ‘आई एम सरी र नोभेम्बर रेन’ निर्देशन गरेका थिए ।

कार्यक्रममा बोल्दै नायक तथा निर्माता आर्यन सिग्देलले अघिल्लो चलचित्र ‘नोभेम्बर रेन’ जस्तै यो चलचित्रलाई पनि उत्कृष्ट बनाउने बताए । नायिका नम्रता श्रेष्ठले यो चलचित्रको कथा उत्कृष्ट भएकाले आफू उत्साहित भएको बताइन् ।

निर्देशक दिनेश राउतले दर्शकले दिएको मायालाई मर्न नदिने बताए । यस्तै, निर्माता सुवास गिरीले चलचित्र ‘क्लासिक’ चलेपनि नचलेपनि आँखा देख्न नसक्ने विद्यार्थीहरुकाे शिक्षाका लागि सुवास इन्टरटेन्मेन्टले सहयोग गर्ने बताए । kamala-bahumukhi
निर्माता गिरीका बुबाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा निर्माता सुवास गिरीले सुवास इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै ‘नोभेम्बर रेन’का तर्फबाट सिन्धुलीको बहुमुखी क्याम्पसलाई नगद १ लाख हस्तान्तरण गरेका थिए ।

यस्तै, सुवास ह्यूमन रिसर्चको तर्फबाट मलेसियामा काम गर्न गएका २ कामदारका परिवारलाई डेढ-डेढ लाख हस्तान्तरण गरिएकाे थियाे । २ कामदारको २ महिना अगाडि मलेसियामा निधन भएको थियो । classic-announce
namrata-shretha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?