+
+
Shares

हनिमुनका लागि ८ वर्ष कुर्नुपर्छ : कंगना

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते ११:४९

kangana

२८ वर्षको उमरेमै दुई पटक हनिमुन मनाएकी छिन् नायिका कंगना रणावात । एकपटक एक्लै हनिमुन मनाइन् । अर्को पटक आफ्नै श्रीमानसँग ।

यी अविवाहित नायिकाले रिल लाईफमा हनिमुनको मज्जा लिए पनि रियलमा भने ३५ बर्ष पुगेपछि मात्रै हनिमुनमा जाने योजना बनाएकी छिन् ।

‘अहिले म २८ वर्षकी भएँ, ३५ वर्ष नपुगी त कसरि बिबाह होला र ?’ उनले भनिन् । ‘तन्नु वेड्स मन्नु रिटन्र्स’ को ट्रेलर लञ्च कार्यक्रममा संवाददाताहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले भनिन्- ‘कम्तिमा अबको ८ वर्ष मेरो बिबाह हुने सम्भावना छैन ।’

अहिले आफु करिअरकै लागि चिन्तित रहेको बताउने कंगनाले हिन्दी चलचित्र ‘क्वीन’ मा एक्लै हनिमुन गएकी छिन् भने अर्को फिल्म ‘तन्नु वेड्स मन्नु रिटर्न’मा श्रीमान्को साथ हनिमुनमा गएको अभिनय गरेकी छिन् । ‘क्वीन’वाटै उनले नेशनल अवार्ड पाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?