Comments Add Comment

युएन पार्क नजिकको पुलमा पुरुषको शव भेटियो

dead body found near UN Park Bridge 1

  • भर्‍याङ प्रयोग गरी पुल र पिलरको चेपबाट शव निकाल्दै प्रहरी र स्थानीय ।

२ वैशाख, काठमाडौं । युनएन पार्क नजिकको वागमती पुलमा एक पुरुषको शव फेला परेको छ । पुल र पिलरको चेपमा माथिपट्टी सुताएर राखिएको अवस्थामा शव फेला परेको हो । घटनास्थलकाे प्रकृति हेर्दा त्यस्ताे ठाउँमा मान्छे चढ्न सक्ने नै अवस्था नरहेकाे प्रहरीले जनाएकाे छ ।

शव निकै दुर्गन्धित भइसकेकाेले एक हप्ता अघि नै मृत्यु भएकाे प्रहरीकाे अनुमान छ । अन्दाजी ३५–४० वर्षकाे जस्ताे देखिने पुरूषकाे शव सडेर अनुहार र खुट्टा कालाे छ भने खुट्टामा चप्पल रहेकाे थियाे ।

शव निकाल्नै कठिन

शव बुद्धनगरबाट यूएनपार्कतर्फ जाने पुलकाे मुनीकाे पिलरकाे क्यापमा रहेकाेले बाहिर निकाल्न पनि प्रहरीलार्इ निकै कठिन परेकाे थियाे । प्रहरीले भर्‍याङ राखेर शव बाहिर निकाल्दा वरपरकाे वातावरण नै दुर्गन्धित बनेकाे थियाे ।

प्रहरीले धुप बालेर शव बाहिर निकालेपछि शव भेटिएको हल्लाले जम्मा भएकाे भिडलार्इ शवकाे पहिचान गर्न अाग्रह गरेको थियाे । तर कसैले पनि शव पहिचान नगरेपछि मुचुल्का उठाएर पाेस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएकाे छ ।

कसैले १०-१५ दिन अघि नै हत्या गरेर त्यहाँ शव राखिदिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । वागमती नदी पुलमा लुकामारी खेल्न गएका एक बालकले सबैभन्दा पहिले शव देखेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा स्थानीयको भीड लागेको थियो ।

बाहिर निकालिएको शव र घटनास्थलमा लागेको भिड

dead body found near UN Park Bridge

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment