+
+

सलमानले भने : ल हेर्नुस् दुब्ली सोनाक्षी

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते ९:३९

sonaxi-sinha

मुम्बई । हिन्दी फिल्म ‘अकीरा’ मा एक्सन रोलमा देखिन लागेकी सोनाक्षी सिन्हाले फिल्ममा अभिनय गर्नुअघि राम्रै एक्सरसाईज गरिन् । एक्सरसाईजले उनको शरीर स्ट्र्रङ मात्रै भएन वजन पनि घट्यो ।

उनको त्यहि दुब्लो तस्बिरलाई अभिनेता सलमान खानले ट्वीट गरेका छन् । ‘हेर्नुस्, दुब्ली पातली सोनाक्षी । अब उनी कमाल गर्छिन् ।’ सलमानले ट्वीटरमा लेखेका छन् ।

अकीरा सोनाक्षीको पहिलो एक्सन फिल्म हो । जुन फिल्ममा उनका बुबा शत्रुघन सिन्हाले पनि अभिनय गर्ने भएका छन् । यस फिल्ममा शत्रुघन सिन्हा र सोनाक्षी बाबु-छोरीको भुमिकामा छन् । फिल्मका निर्देशक मुरुगदास रहेका छन् ।

‘दबंग’ वाट आफ्नो करिअर सुरु गरेकी सोनाक्षीले वजनको विषयमा आलोचना खेप्दै आएकी थिईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?