+
+

साहरुखले दिए काजोललाई ५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १४:१३

Kajol
के यतिबेला पनि बलिउडमा नायिका काजोल देवगणको स्टारभ्यालु उस्तै छ ? बलिउडमा के उनको माग आज पनि घटेको छैन ? निर्माता तथा नायक साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘दिलवाले’मा उनले  लिएको पारिश्रमिकबाट यस्तै कुरा देखिन्छ ।

यो चलचित्रको छायांकन सुरु भएतापनि काजोलको सेड्यूल अहिले छैन । काजोल र साहरुख जुन महिनाबाट यो चलचित्रको छायांकनमा सहभागी हुनेछन् । तर, यो चलचित्रका लागि नायिका काजोलले ५ करोड पारिश्रमिक लिएको समाचार केही भारतीय अनलाइनले प्रकाशन गरेका छन् ।

बलिउडमा यतिबेला काजोल भन्दा अन्य नायिकाहरुकै हालिमुहाली छ । काजोललाई लिएर निर्माताहरुले चलचित्र बनाएका पनि छैनन् । तर, उनै काजोललाई निर्माता साहरुख खानले ५ करोड रुपैयाँ दिएका छन् ।

साहरुख र काजोलको जोडी बलिउडमा सर्वाधिक चर्चित मानिन्छ । यसैले पनि काजोललाई यती ठूलो रकम दिन निर्माता साहरुख र निर्देशक रोहित सेट्टी तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?