+
+

अमेरिकामा राइफल पड्काउँदै ‘मेरी बास्सै’को छायांकन

चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का मुख्य कलाकार सिताराम कट्टेल(धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली) अहिले आफ्नो प्रस्तुतीहरु लिएर अमेरिकामा छन् ।

उनीहरुले विभिन्न सहरमा आफ्नो प्रस्तुती पनि दिइरहेका छन् । दुई चर्चित कलाकार नेपाल सरकारका सरसफाई सद्भावना दुत पनि हुन् । भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका विभिन्न शहरमा गरिएको ५ वटा कार्यक्रममा नेपाली समुदायले सरसफाइका लागि १३ लाख नगद सहयोग गरिसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १६:२३

mero-bassai-shooting
विकास राज न्यौपाने

चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का मुख्य कलाकार सिताराम कट्टेल(धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली) अहिले आफ्नो प्रस्तुतीहरु लिएर अमेरिकामा छन् ।

उनीहरुले विभिन्न सहरमा आफ्नो प्रस्तुती पनि दिइरहेका छन् । दुई चर्चित कलाकार नेपाल सरकारका सरसफाई सद्भावना दुत पनि हुन् । भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका विभिन्न शहरमा गरिएको ५ वटा कार्यक्रममा नेपाली समुदायले सरसफाइका लागि १३ लाख नगद सहयोग गरिसकेका छन् ।

यो अभियानका लागि सितारामले अमेरिकापछि अष्ट्रेलिया पनि जाने बताए । उनले राजनैतिक परिवर्तका लागि समय-समयमा सडकमा आउने काम भएको भन्दै अब देश निर्माणमा जुट्नु पर्ने बताए । meri-bassai-in-america-1
नेपाली समुदायले आफूहरुको अभियानमा साथ दिने दुई कलाकारको विश्वास छ । अमेरिकामा नै आएको समयमा ‘मेरी बास्सै’को छायांकन पनि सुरु गरिएको छ । ‘मेरी बास्सै’को ८० औं भागमा ‘राइफल पड्काएर’ थेगो सहित कलाकार शंकरराज वाग्लेले ७ बर्षपछि  अभिनयमा फर्किएका छन् । meri-bassai-in-america-2
हिमालय खबर डटकमका प्रधान सम्पादक विकासराज न्यौपानेले अमेरिकामा यो हाँस्य सिरियलको छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?