Comments Add Comment

सात दिनमा ८ करोडको मोबाइल बिक्री

CTC-Mobile-Mela

३ चैत, काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलमा जारी सामसुङ मोबाइल एक्स्पोमा सातौं दिनसम्म ८ करोड ३२ लाखभन्दा बढीको मोबाइल तथा एसेसोरिजहरु बिक्री भएको छ ।

सात दिनको अवधिमा ५ लाखभन्दा बढी अबलोकनकर्ता एक्स्पोमा आएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा सामसुङ, माइक्रोम्याक्स, कलर्स, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च रहेको बताइएको छ । एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ ।

माइक्रोम्याक्स, सामसुङ, कार्बन, रेज लगायतका मोबाइलले अबलोकनकर्तालाई मनोरञ्जन दिन बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । ग्राहक आकषिर्त गर्न एक्स्पोमा सहभागि सबै मोबाइल कम्पनीहरुले फरक फरक-अफर तथा छुट प्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment