Comments Add Comment

अख्तियारलाई भारतले दियो ३५ वटा गाडी

India gift-35-vehicles-to-‎CIAA‬

३ वैशाख, काठमाडौं । भारतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ । आयोगको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गरे ।

हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् ।

अख्तियारका प्रमुख कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको सहयोगले आयोगको संरचनागत सुधारका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा राजदूत रायले भ्रष्टाचार उन्मूलनका लागि नेपालले लिएको पछिल्लो कदम सराहनीय भएको उल्लेख गर्दै नेपालको भ्रष्टाचार निवारणका लागि गरिएका प्रयासमा सघाउन भारत तयार रहेको बताए ।

सहयोगस्वरुप प्राप्त गाडीहरु धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरमा रहेको सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment