Comments Add Comment

लोकतान्त्रिक संविधान छिट्टै : प्रधानमन्त्री कोइराला

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विकासको लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन् । नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने उनले दाबी गरे ।

Ambessdor-of-Thailand-meetsनेपालका लागि थाइल्याण्डका राजदूतसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र थाइल्याण्डबीचको कुटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्धधर्माबलम्बी थाई जनताको मोहले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध थप सुमधुर बनाएको बताएका थिए ।

यसैगरी थाई राजदूतले नेपालमा थाई पर्यटकको संख्या बढ्दै गएको बताएका थिए ।

उनले थाइल्याण्डको थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएको भन्दै यसबाट नेपाललाई लाभ मिल्ने दाबी गरेका थिए । भेटमा थाई राजदूतले थाइल्याण्डमा पनि यस बर्षको अन्त्यसम्म नयाँ संविधान आउने जानकारी गराएका थिए ।

– तस्वीर : प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment