+
+

फेरि जम्ने भयो अनु र सविनको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते ९:५७
फाइल फोटो
फाइल फोटो

चलचित्र ‘आधी बाटो’मा काम गर्दा नायक सविन श्रेष्ठ र नायिका अनु शाहको प्रेमको चर्चाले खुबै स्थान पायो । अनु र सविन एक अर्काको प्रेममा रहेको खबर सार्वजनिक भए । तर, दुबैले यो कुरालाई अस्विकार पनि गर्दै आएका थिए ।

चलचित्र प्रदर्शन पश्चात यो जोडीको प्रेम चर्चा पनि यसै सेलायो । अब, फेरि यो जोडी एकसाथ पर्दामा आउँदैछ । मिलन आले मगरको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको शनिबार औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा अनु शाह उपस्थित भएपनि सविन भने देखिएनन् । राष्ट्रको लागि केही नयाँ काम गर्ने लक्ष्य बोकेका पात्रहरुको कथा भित्र यो चलचित्र घुमेको छ । चलचित्रमा भानु प्रताप, कमल आले, उत्तम केसी, सारिका केसी, सुरेन बस्याल पनि देखिनेछन् ।

चलचित्रमा ओमलाल गुरुङ र किरण गुरुङको लगानी रहेनछ । चलचित्रमा अर्जुन पोख्रेल र टंक बुढाथोकीको संगीत, सुशिल पंगेनीको पटकथा, रामजी लामिछानेको नृत्य, सुमन तण्डुकारको छायांकन रहनेछ । चलचित्रको छायांकन वैशाख १० गतेबाट सुरु गरिने कार्यक्रममा जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?