+
+
Shares

दाङ देउखुरीमा गाँजा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते १०:३०

६ वैशाख, घोराही । दाङ देउखुरीको गंगापरस्पुर ९ बोधिपुर र तकियापुरमा करिब २ बिगाह जग्गामा उम्रिएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।

स्थानीयले खेति गरेको नभइ आफै उम्रिदै आएको गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

राप्ती नदीको छेउँछाउँका खेत तथा बारीमा वर्षेनी गाँजा आफै उम्रिने गरेको छ । त्यसलाई लागु औषध कारोबारीले प्रयोग गर्न थालेपछि प्रहरीले नष्ट गर्ने अभियान थालेको हो ।

हालसम्म पटक पटक गरी २ विगाह जग्गाको गाँजा नष्ट गरिसकेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक विकास भण्डारीले जानकारी दिए ।

सतबरीया र गढवाका बिभिन्न क्षेत्रमा रहेका गाँजा पनि नष्ट गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?