मुम्बई । अभिषेक बच्चन र ऐश्वर्या राय बिबाह बन्धनमा बाँधिएको आठ वर्ष पूरा भएर नौ लागेको छ । उनीहरुको जोडीलाई बधाई दिनेहरुको सामाजिक सञ्जालमा ताँती लागेको छ अहिले ।
यो जोडीको बिबाह २० अपि्रल सन् २००७ मा भएको थियो । केही समयको अफयेयरपछि बिबाह गरेका अभिषेक ऐश्वर्या अहिले बलिउडको आदर्श प्रेम जोडीका रुपमा चिनिन्छन् । अहिले उनीहरुको तीन वर्षको छोरी अराध्या छिन् ।
अभिषेकले बिबाहपछि पनि फिल्ममा लगातार काम गरिरहेका छन् । ऐश्वर्याले केही वर्ष काम गरिनन् । हिन्दी फिल्म ‘जज्बा’ वाट उनको पूनरागमन हुने भएको छ ।
अभिषेक-ऐश्वर्याका प्रसंसकले उनीहरुको तस्बिर ट्याग र शेयर गरेका छन् ।
हेरौं अभिषेक र ऐश्वेर्याको जोडीका केही मानक तस्वीर जसले उनीहरुलाई बलिउडको आर्दश जोडीका रुपमा चित्रित गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4