Comments Add Comment

शाहरुखको सेल्फीले रिट्वीटको रेकर्ड ब्रेक

मुम्बई । बलिउड बादशाह शाहरुख खानले बेलायती गायक जाएन मलिकसँग खिचेको सेल्फी ट्वीटले ट्वीटरमा तहल्का मच्चाएको छ । यो तस्बिर अहिलेसम्म भारतीय कलाकारको सबैभन्दा धेरै रिट्वीट गरिएको तस्बिर बनेको छ ।

sharukh

ट्वीटमा अहिलेसम्म १ लाख ७ हजार ६ सय चार पटक रिट्वीट भएको छ भने १ लाख ५० हजार भन्दा बढीले यो तस्बिरलाई मन पराएर फेवरेट गरेका छन् ।

शाहरुखले वन डाइरेक्सनका पूर्व सदस्य २२ वर्षीय जाएनको साथ पाँचौ एशियन अवार्डको दौरानमा लण्डनमा यो तस्बिर खिचाएका थिए । शाहरुखले तस्बिरसँगै ट्वीट गरेका छन् ‘यी बच्चा होनाहार छन् । भगवानले उनलाई आशिर्वाद दिउन् । एशियन अवार्डमा रात्रिभोजको अवसरमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment