Comments Add Comment

फियट गाडी अब ४ लाख डाउन पेमेन्टमा, एक्स्चेञ्ज अफर सुरू

Fiat-Putno-Evo-New

९ वैशाख, काठमाडौं । युरोपियन ब्रान्डको फियाट गाडी अब ४ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर फियाटको नेपाली बिक्रेता लाइफ अटो मोबाइलले यस्तो अफर ल्याएको हो ।

ग्राहकहरुले ५ वा ७ वर्षको अवधी राखेर २० प्रतिशत डाउन पेमेन्ट गरेर फाइनान्समा गाडी खरिद गर्न सक्नेछन् । लाइफ अटोले तत्काल फाइनान्सको सुविधा उपलब्ध गराएको जनाएको छ ।

यसैगरी कम्पनीले वैशाख एक्स्चेञ्च अफर सुरु गरेको छ । वैशाख ९ गतेदेखि सुरु भएको एक्स्चेञ्ज अफर यही १३ गतेसम्म चल्ने बताइएको छ ।

ग्राहकले अफ्नो कुनै पनि गाडीहरु नेपालको प्रमुख पाँच रिकन्डिसन हाउसमार्फत मुल्याङ्कन गराई नयाँ गाडी लैजान सक्नेछन् । कम्पनीले पुराना गाडीको उच्च मूल्य प्रदान गर्नुका साथै बिशेष एक्सचेन्ज बोनस र थोरै पैसामा फियाट गाडी प्राप्त गर्न सक्ने बताइएको छ ।

पुराना फियाट उपभोक्ताहरुले भने फियाटको तर्फबाट रोयाल्टी बोनस प्राप्त गर्न सक्नेछन् । यसै अवसरमा आयोजित फियाट टेस्ट ड्राईभमा सहभागीहरुले पक्का फियाट उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

अहिले नेपालमा फियाट गाडी तीन फरक मोडलमा उपलब्ध छ । पुन्टो ईभो एक्टिभा, पुन्टो ईभो डाईनामिक र पुन्टो ईभो ईमोशन हृयाचब्याक सेगमेन्टका हुन् जसमा ‘फुल्ली इन्टिग्रेटेड रोबोटाइज्ड इञ्जिन’ (फायर) जडान गरिएको छ ।

१२०० देखि १४०० सीसी क्षमताको इञ्जिन भएका यी गाडीहरु १८५ मिलीमिटर देखी १९५ मिलीमिटर सम्मको ग्राउण्ड क्लियरेन्स रहेको छ । गाडीमा सुरक्षा सम्बन्धि विषेश्ाताहरु डुयल स्टेज एयरब्याग र अटो ब्रेकिङ्ग सिस्टम राखिएको छ ।

आरामदायी र स्टाईलको लागि व्लुटुथ कनेक्टिभिटि, माई कार सिस्टम, फलो मी हेडल्याम्प, एक्ज्याक्ट डोर ओपन इन्डिकेटर जस्ता विशेषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment