हिन्दी चलचित्र ‘पिके’का निर्देशक राज कुमार हिरानी ‘मुन्ना भाई-३’ को तयारीमा जुटेका छन् । त्यसो त नायक सञ्जय दत्तमाथी बन्ने चलचित्रमा पनि उनले काम गरिरहेका छन् ।
सञ्जय दत्तमाथी बन्ने चलचित्रको सुटिङ सञ्जय दत्त जेलवाट छुटे लगत्तै हुने भएको छ ।मुन्नाभाई सिरिजले केबल सञ्जयको मात्रै नभएर निर्देशक हिरानीको पनि करिअर उचो बनाएको थियो । सन् २००३ मा ‘मुन्नाभाई एमबीबीएस’ रिलिज भएपछि हिन्दी चलचित्र जगतमा नयाँ ट्रेन सुरु भएको चर्चा चलेको थियो ।
‘मुन्नाभाई ३’ बनेपनि सिक्वेल नहुने निर्देशक हिरानीको भनाई छ । उनी कहिल्यै पनि चलचित्रको कथा जर्बजस्ती तन्काउँदैनन् । उनको मान्यता छ ‘फिल्मको विषय राम्रो हुनुपर्छ जर्बजस्ती लम्ब्याउने काम गर्नु हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4