Comments Add Comment

किन राजिनामा दिए सनरार्इज बैंकका कामू सीइअो बलराम बिष्टले ?

Balaram bista९ वैशाख, काठमाडौं । सनरार्इज बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बलराम विष्टले पदबाट राजिनामा दिएका छन ।

‘एक हप्तामा लागू हुनेगरी गत अप्रिल १६ मा राजिनामा दिएको हुँ’ विष्टले अालाइनखबरसँग भने- अाठ वर्ष भइसक्यो सेकेन्डम्यान भएर बसेको, अझै कति सेकेन्डम्यान हुनु भनेर राजिनामा दिएँ।’

उपयुक्त संस्थाबाट प्रस्ताव आए काम गर्न तयार रहेको उनले जानकारी दिए । अहिलेसम्म जागिरका विषयमा कसैसँग कुरा नगरेको विष्टको दाबी छ ।

उनको राजिनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितितले डेपुटी महाप्रबन्धक आशा राना अधिकारीलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको छ ।

 स्थापनाकालमै सहायक महाप्रबन्धककोरूपमा बैंक प्रवेस गरेका विष्टले सीइअोका लागि लविंग गरेका थिए । तर, सञ्चालक समितिले बाहिरबाट सीइअो ल्याउने बताएपछि उनले राजिनामा दिएको बैंक उच्च स्रोतले जानकारी दिइयो ।   बैंकका प्रमुख कार्यकरी अधिकृत सुरेन्द्रमान प्रधानले राजिनामा दिएपछि सञ्चालक समितिले विष्टलार्इ गत कात्तिक २३ गते कामु सीइअोको जिम्मेवारी दिएको थियो ।

 २०४० साल चैतमा नेपाल बैंकबाट अधिकृत पदबाट बैंकिङ करियर सुरु गरेका विष्ट सात वर्षदेखि सनराईज बैंकमा कार्यरत छन् । विष्टसँग साढे ९ वर्ष नेपाल बैंक, साढे १४ वर्ष हिमालयन बैंक र सनराइज बैंक गरी ३१ वर्ष काम गरेको अनुभव छ ।

बैंक स्थापना भएको सात वर्षमै तीन प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन । सञ्चालक समितिसँग कुरा नमिलेपछि संस्थापक सीइअो किशोर महर्जनले बीचैमा राजिनामा दिएका थिए ।  महर्जनको राजिनामापछि लामो समय खाली रहेको सो पदमा सुमन न्याैपाने नियुक्ति भए । उनले पनि बीचैमा बैंक छोडे । त्यसपिछ फेरी लामो समय बैंकबिहीन भयो ।

बैंकले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानलाई सीइअो बनायो । कार्यकाल सकिएपछि उनी बाहिरीए । त्यसपछि विष्टले व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै अाएका थिए ।

 नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थामा तीन महिनाभन्दा बढी सीइअो पद खाली नगर्न गत फागुन अन्तिम साता नै निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment