+
+
Shares

हुम्लामा स्वाइनफ्लु जस्तै रोगबाट ६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते १९:११

१० वैशाख, सिमिकोट । हुम्लामा स्वाइन फ्लु जस्तै रोगबाट चैत पहिलो सातादेखि हालसम्म ६ जनाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको छ । विरामीहरुको रगत तथा खकार संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।

रुघा, खोकी र ज्वरो आउने लक्षणका भएका मध्ये श्रीनगर र छिप्रा गाविसमा २-२ जना तथा कालिका र डाँडाफया गाविसमा १-१ जना गरी ६ जनाको मृत्यु भएको छ । चैत पहिलो सातादेखि नै ति गाविसमा मौसमी फ्लु जस्तै लक्षण भएका विरामीहरुको संख्या एकाएक बढेको थियो ।

छिप्रा गाविस सदरमुकाम सिमिकोटदेखि ७ कोष टाढा पर्दछ । त्यहाँ चैत पहिलो सातादेखि हालसम्म ६ जनाको मृत्यु भएपछि सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

गाउँमा बिरामीको संख्या बढ्दै गएको छिप्राका सिनियर अहेव हरिभक्त शाही नेतृत्वको टोली खटाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनिलकुमार गुप्ताले जानकारी दिए ।

‘हामीले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाएका छौं,’ उनले भने, ‘बिरामीको रगत परिक्षणका लागि काठमाडौं पठाउने तयारी गरेका छौं ।’

शुरुमा नाक, कान घाँटी दुख्ने, ज्वरो आएर शुरु हुने बिरामी पछि शरिर गल्दै गएर बालबालिका र वृद्धवृद्धाको ज्यान गएका खबर आएपछि उच्च सर्तकता अपनाएको डा. गुप्ताले जानकारी दिए । जिल्लामा स्वाइन फ्लुु नभएको दावी गरेका उनले छिप्राबाट आएका बिरामीको लक्षण अलि गम्भीर प्रकारको रहेको बताए ।

गुप्ताका अनुसार मौसमी रुघाखोकीका कारण बिरामी परेका छिप्रा गाविस लेखगाउँका गोपाल जेठाराको जिल्ला अस्पतालमा ल्याएकै दिन मृत्यु भएको थियो । त्यसलगत्तै जिल्ला स्वास्थ्य कार्यालयले छिप्रा र त्यस आसपासका क्षेत्रलाई निगरानीमा राखेको थियो ।

रोगले जिल्लाको दक्षिण क्षेत्रका ५ वटा गाविस सहित दार्मा, साँया, छिप्रा, डाँडाफया, स्याँडा, मुचु लगायतका गाविसलाई प्रभावित पारेको छ ।

जिल्लाको उत्तर तर्फका गाविसमा समेत बिरामीको संख्या बढेको खबर आएपछि जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली उत्तरी क्षेत्रमा पठाएको जिल्ला स्वास्थ्य कार्यालयका सुपरभाईजर समेत रहेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए ।

विकट क्षेत्रका स्वास्थ्य संस्थामा पर्याप्त औषधी नभएका कारण समेत केही कठिनाई भएको कालिका ४ का दिपबहादुर रोकायाले बताए ।
– रमेश रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?