+
+

आजदेखि रेशम फिलीली र झोला

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १०:३७

jhola-resham

काठमाडौं । दुईसाता यता नयाँ नेपाली फिल्म हेर्न नपाएका दर्शकले आजदेखि दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् ।

शुक्रवारदेखि रेशम फिलिलि र झोला प्रदर्शन हुने भएको छ । रेशम फिलिलि पछिल्लो समय निकै चर्चा पाएको चलचित्र हो । जुन फिल्मको गीतलाई इन्टरनेटमा मात्रै २० लाख बढीले हेरिसकेका छन् ।

प्रणय जोशीको निर्देशन रहेको यस फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

कृष्ण धरावासीको चर्चित कथा ‘झोला’ मा आधारित चलचित्रको निर्देशन यादब कुमार भट्टराईले गरेका छन् । जुन फिल्मलाई धेरै दर्शकले मन पराइसकेका छन् ।

गरिमा पन्त, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, सुजल नेपाल (वालकलाकार) लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । यो चलचित्रको पुनः प्रदर्शन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?