+
+
Shares

फेसबुक प्रयोग गर्ने केही स्मार्ट तरिका, जुन तपाईलाई थाहा नहुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १२:२०

फेसबुक अब सोसल मिडियामात्र रहेन, लाइफस्टाइल बनिसक्यो । फेसबुकबाटै च्याट, भ्वाइस कल, गेम मात्र हैन पैसा पठाउनेसम्मका सुबिधा सुरु भइसके । तर, फेसबुकलाई सही तरिकाले चलाइएन भने अनाबश्यक दुःख पाइन्छ भने दुरुपयोगको सम्भावना पनि बढि हुन्छ ।

आज हामी तपाईलाई फेसबुक संचालनका केही आधारभूत तरिकाबारे जानकारी दिँदैछौं जो फेसबुकका नयाँ प्रयोगकर्ताका लागि लक्षित गरिएको छ ।

म्यासेन्जरबिना नै म्यासेज पठाउने

धेरैजसो फेसबुक प्रयोगकर्ताले फेसबुकमा सन्देश पठाउनका लागि म्यासेन्जरको प्रयोग गर्ने गरेको पाइन्छ । तर फेसबुकमा सन्देश पठाउन कुनै छुट्टै एप्स म्यासेन्जरको आवश्यकता छैन । सिधै वेब फेसबुकबाटै म्यासेज पठाउन सकिन्छ । यसका साथै आइफोन प्रयोगकर्ताहरुले त झन होमस्क्रिनमै फेसबुक राखेर सिधै ‘च्याट’ गर्न सकिन्छ । जसले गर्दा फेसबुकको छुट्टै म्यासेन्जर प्रयोग गरिरहने झन्झट हुँदैन । अझ भनौ कुनै ‘वेब ब्राउजर’ को खाँचो छैन ।

send-facebook-messages-without-downloading-the-separate-app

कसैले थाहा नहुने गरी ‘रिलेशनसिप स्टाटस चेन्ज’
यदि तपाईले फेसबुकमा गर्नुभएको ‘रिलेशनसिप चेन्ज’ अरुले चाल नपाओस् भन्ने चाहनु हुन्छ भने पनि फेसबुकमा सेटिङ मिलाएर तपाई आफ्नो चाहना पुरा गर्न सक्नु हुनेछ । यसका लागि ‘एबाउट’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि रिलेसनशिप अप्सनमा क्लिक गर्नुहोस अनि ‘इडिट’ गर्नहोस् र प्राइभेसी सेटिङमा गएर ‘अन्ली मी’ भन्ने अप्सनमा क्लिक गरेर सेभ गर्नुहोस् ।

sneakily-change-your-facebook-relationship-status

फोनबाटै फेसबुक अपडेट
तपाई बसेको ठाउँमा फेसबुकको नेटवर्क छैन तर फेसबुकमा केही कुरा शेयर गर्न चाहनुहुन्छ भने के गर्ने ? यसको पनि उपाय छ । सुन्दा अनौठो लागे पनि यो सत्य हो । फोनमार्फत नै फेसबुकमा स्टाटस, फोटो, भिडियो लगायत पोष्ट गर्न सकिन्छ । त्यसका लागि ‘पोष्ट बाइ इमेल’ अप्सनको प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले आफ्नो एकाउन्टको सेटिङमा गएर बायाँतर्फ रहेको मोबाइल अप्सनमा ‘क्लिक’ गरी सेटिङ मिलाउनुपर्ने हुन्छ ।

post-to-facebook-when-youre-not-on-facebook

म्यासेज हेरेको/नहेरेको थाहा पाउने सुबिधा बन्द गर्ने

फेसबुकमा पठाएको ‘म्यासेज’ सम्वन्धित व्यक्तिले हेरेपछि ‘seen at’ वा ‘seen by’ दथु भनेर देखाउँछ । यो फिचर बन्द गर्न मिल्दैन होला भन्ने धेरैलाई लाग्न सक्छ तर, होइन । यसलाई बन्द गर्न सकिन्छ । त्यसका लागि ‘ब्राउजिङ’ अनुसार २ तरिका छन । ‘गुगल क्रोम’ प्रयोग गर्ने र यसवाहेक अन्य ब्राउजर प्रयोग गर्नेहरुका लागि छुट्टाछुट्टै तरिकाहरु रहेका छन् । ‘गुगल क्रोम’ प्रयोग गर्नेहरुका लागि ‘फेसबुक अनसिन’ भन्ने एउटा ‘सˆटवेयर’ प्रयोग गर्न सकिन्छ भने अन्य ‘ब्राउजर’का लागि ‘एड ब्लक प्लस’ इन्सटल गर्न सकिन्छ । ‘फेसबुक अनसिन’ राखेपछि वेबको दायाँतर्फ एउटा अँाखाको संकेट जस्तो चिन्ह आउँछ, त्यसलाई आवश्यकताअनुसार ‘अन/अफ’ गर्न सकिन्छ ।

disable-seen-in-facebook-messages

स्टाटस र कमेन्टमा ‘एमोजी’ को प्रयोग
फेसबुकमा स्टाटस लेख्दा वा कमेन्ट गर्दा ‘एमोजी’ सुविधा प्रयोग गर्न सकिन्छ । अर्थात् कुनै संकेतको प्रयोग गरी तपाईले आफ्ना भावना अभिब्यक्त गर्न सक्नुहुन्छ, यसलाई इन्टरनेट भाषामा एमोजी भनिन्छ । यो सुविधा ‘डेक्सटप’ र ‘मोबाइल’ दुवैमा प्रयोग गर्न सकिन्छ । मोबाइलमा तपाईले किबोर्डमा एमोजी अप्सन पाउन सक्नुहुन्छ भने डेक्सटपका लागि बेग्लै एक्सटेन्सन डाउनलोड गर्नुपर्ने हुन्छ । क्रोम ब्राउजरमा एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

use-emoji-in-your-statuses
आफू नजिकको साथीहरु पत्ता लगाउने
फेसबुकमा धेरैलाई थाहा नभएको अर्को फिचर हो ‘फ्रेण्ड्स ट्रयाकर’ । फेसबुकमा तपाई बसेको नजिकै को-को साथीहरु छन भनेर पत्ता लगाउन मिल्छ । यदि तपाईले यो सुविधा प्रयोग गर्नुभयो भने तपाईको आसपास को-को साथीहरु छन भन्ने कुरा फेसबुकले देखाई दिन्छ । तपाईको एरियामा तपाईका फेसबुक साथी आए भने पनि सूचना दिन्छ । यो फिचरलाई सुरक्षित तरिकाले प्रयोग गर्न निश्चित साथीहरुलाई मात्र यो लिस्टमा राखेर चलाउन सकिन्छ ।

smartly-use-the-friend-tracker

ग्राफ सर्चको प्रयोग
फेसबुकले करिव एक वर्षअघि सार्वजनिक गरेको यो फिचर अझै पनि धेरैलाई थाहा छैन् । साधारण खोज भन्दा ‘ग्राफ सर्च’ को प्रयोगले आफूले खोजेको कुरा सहजै पत्ता लगाउन सकिन्छ । यसका अतिरिक्त यसको प्रयोगले तपाईले सोचे भन्दा पनि उपयुक्त र वृहत खोज गर्न सकिन्छ । यसका लागि तपाईले खोजेको चिजसँग सम्बन्धित अक्षरहरु राखेर बिशेशीकृत गर्न सकिन्छ ।

use-facebook-graph-search-to-get-specific
‘जीआइएफ’ पोष्ट
यो फेसबुकको रमाईलो पक्ष हो । यो पोष्ट गर्नका लागि (giphy.com) मा गएर आफूलाई मनपर्ने फोटोमा क्लिक गरी त्यसको लिंक फेसबुकको ‘स्टाटसबार’ मा पोष्ट गर्नुपर्ने हुन्छ । यो एक प्रकारको ‘एनिमेटेड’ खालको तस्विर हो । तपाईले पोष्ट गरेको ‘जीआइएफ’ तपाईको वालमा आफै ‘एक्टिभ’ भैरहन्छन् । जसले तपाईका साथीहरुलाई तपाईको अनुभूति वुझ्न र ‘मुडफ्रेस’ गर्न सघाउ पुर्‍याउँछ ।

post-gifs

‘प्राइभेसी चेकअप’को प्रयोग
फेसबुकमा कमैलाई थाहा भएको अर्को फिचर हो ‘प्राइभेसी चेकअप’ । प्रायः फेसबुकमा प्राइभेसी मिलाउनका लागि सेटिङबाट जाने गरिन्छ । तर सेटिङबाट नगइकनै ‘प्राइभेसी सर्टकट’ बाट पनि सेटिङ मिलाउन सकिन्छ । यसमा ३ तहको प्रोसेस रहेको छ ।

get-a-privacy-checkup

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?