काठमाडौ । नेपालको राजधानी काठमाडौ दिनमा धुँवा धुलोले जति प्रदुषण लाग्छ, दिन ढल्किँदै गर्दा त्यति नै सुन्दर देखिँदै जान्छ । परापूर्वकालदेखि नै धार्मिक सभ्यताको पहिचान बोकेको काठमाडौ उपत्यका रातको समयमा नियाल्दा युरोपका विकसित राष्ट्रहरु भन्दा कम देखिँदैनन् ।


विश्व प्रसिद्ध धार्मिक तथा ऐतिहासिक धरोहरहरु दिनमा भन्दा रातमा झलमल्ल देखिन्छन् । पशुपति नाथको मन्दिर, रानीपोखरी, धरहरा, भक्तपुर दरबार परिषद् तथा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बालिएका बत्तीहरुले काठमाडौको सुन्दरतालाई रातकी सुन्दरी बनाइदिएको आभाष पाउन सकिन्छ ।

धार्मिक तथा ऐतिहासिक धरोहरका साथै रातमा टाढाबाट नियाल्दा काठमाडौको खाल्डोमा उज्यालोले धपधपी बलेको देखिन्छ भने रातको सन्नाटासँगै सडकमा हुइँकिएका सवारीका उज्यालो बत्तीले सडक नै रंगहरुले पोतेको आभाष पाउन सकिन्छ । दिन जसरी रातमा पनि ननिदाएको काठमाडौको दृष्य जो कोहीको पनि मन लोभ्याउँछ । काठमाडौको उज्यालो बस्ती तपाईँलाई नियालीरहेको छ, अनि स्वागत गरिरहेछ, तपाईँलाई ।
विभिन्न समयमा काठमाडौ उपत्यकामा रातको सयममा लिइएको दृष्यहरु ।

भक्तपुर दरवारपरिसर












प्रतिक्रिया 4