Comments Add Comment

घरमा पुरिएका पाँच महिने शिशु जीवितै भेटिएपछि…..

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (5)

१८ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पपछि भत्किएको घरको भग्नावशेषबाट २२ घन्टापछि जीवितै उद्दार गरिएका पाँच महिने बालककी आमाले त्यो कहालीलाग्दो २२ घण्टाको अनुभव बाँडेकी छिन् । शनिबार मध्याहृन भूकम्प आउँदा पाँच महिनाका शिशु सोनित अवाले भक्तपुरस्थित घरमा सुतिरहेका थिए ।

भूकम्पले घर भत्किएपछि सोनित पुरिए । तर, नेपाल आर्मीसहितको टोलीले उनलाई भोलिपल्ट जीवितै उद्दार गरेको छ, जसलाई एक हिसावले चमत्कार नै मानिएको छ ।

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (7)

भग्नावशेषमा सोनित पुरिएपछि परिवारका सदस्य र आफन्त आफैंले उद्दारको प्रयास नगरेका होइनन् । तर, स्रोत साधन सम्पन्न टीमले मात्रै निकै ढीलो गरी उद्दार सम्भव भयो ।

सोनितकी आमा रश्मिला अवालेले उद्दारको सफलता सुनाउँदा मुहारमा अर्कै चमक र खुसी थियो । डेलिमेल अनलाइनसँगको कुराकानीमा उनले भनिन्-‘मेरो बच्चा जीवितै पाएकोमा म एकदमै खुसी छु ।’

भूकम्प गएको समयमा सोनितका आमाबुबा र १० वर्षकी दिदी घर बाहिर थिए । सोनित २२ घण्टासम्म भग्नावशेषमा पुरिए । पटक-पटक उनी रोएको आवाज सुनिन्थ्यो । सोनितको चिन्ताले रश्मिला र परिवारका सदस्यहरुले सब थोक बिर्सिए ।

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (1)

भूकम्पले घर भत्किएपछि दराज बढ्यो । तर, त्यही दराजले सोनितलाई बचायो । चमत्कारिक उद्दारपछि सोनित अहिले आफ्नो आमाको काखमा हाँसिरहेका छन् ।

सोनितका ३४ वर्षका बाबु श्याम अवाले ट्रक चालक हुन् । उनी आफ्नो छोराको जीवितै उद्दार गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (6)

भूकम्पमा परी उनले दाइ गुमाएका छन् । अवाले परिवार घरबिहीन भएका छन् र सडक छेउमै बसेका छन् । तर, पाँच महिने सोनितलाई जीवितै भेटिएपछि रश्मिलाले सबै पीडा बिर्सिएकी छन् । उनले भनिन्-भगवानले मेरो छोरा फिर्ता दिनुभयो, म यिनलाई राम्रो जीवन दिन चाहन्छु र अरुलाई राम्रो गर्न चाहन्छु ।’ 

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (4)

सोनितकी दिदी सोनिया पनि भाइलाई जीवितै उद्दार गरेकोमा निकै खुसी छिन् । उद्दार गरिएको शिशुको निधारमा सामान्य चोट लाग्नुबाहेक अन्य समस्या देखिएको छैन ।

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (8)

Five-month-old Sonit Awal , who was trapped under rubble for 22 hours (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment