Comments Add Comment

यसरी आफ्नो घर आफैं निरीक्षण गर्न सकिन्छ

Nuwakot-Earthquake--(3)

गत शनिबार आएको विनाशकारी भूकम्पपछि धेरैको घरमा क्षति पुगेको छ ।धेरैको घर भत्किएका छन् भने बाँकी घरहरू पनि चर्किएका छन् । जसका कारण मानिसहरू अझै पनि आफ्नो घरमा असुरक्षित छन् ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको भूकम्प क्षति अध्ययन कार्य दलले आफ्नो घर आफैं कसरी निरीक्षण गर्ने बारे सुझाव दिएको छ ।

घुमेर जमिन धसिएको छ छैन चिरा परेको छ छैन राम्ररी अवलोकन गर्नुहोस र तलका विवरण एक एक गरेर हेर्नुहोस र घर प्रयोग गर्न हुने/नहुने बारेमा आफैं प्रारम्भिक निष्कर्षमा पुग्नुहोस् ।

यो सूचना सामान्य जानकारीको लागि मात्र भएको र प्राविधिक निष्कर्ष सहितको सल्लाह नभएको अध्ययन कार्य दलले जनाएको छ ।

 (पिलरवाला घर)

.१ घर प्रयोग गर्न नहुने अवस्था (पिलरवाला घर)

  • घर कतै ढल्किएको छ भने (सामान्य आँखाले हेर्दा (ढल्के जस्तो लागेको छ भने) वा मिस्त्री ले प्रयोग गर्ने घण्टी लगाएर हेर्दा घरका कुनाहरू घण्टीमा छैनन् भने
  • पिलर, विम, टाइ विम , स्लाव सिलिङ हरुमा चिराहरु देखिएको छ वा ढलान फुटेको छ भने
  • पिलर र विम जोडिएको ठाउँमा चिरा परेको वा छुट्टिएको छ भने
  • विम र स्लाव जोडिएको ठाउँमा चिरा परेको वा छुट्टिएको छ भने। टाई विम चिरा परेको, लच्किएको वा सरेको छ भने
  • जमिन मुनिको पानि ट्याङकि , सेप्टिक ट्याङ्क फुटेर रसायनहरु जमिनमा देखिएको र भुई तलाको जमिनहरु भासिएको वा धसिएको छ भने
  • आफ्नो घरमा माथिका क्षति छैनन तर छिमेकिको घर आफ्नो घर पट्टि ढल्किएर पुरै घर वा प्यारपिट मात्र पनि खस्न सक्ने अवस्थामा छ भने वा अरुको घर ढल्किएर आफ्नो घरमा आड लगाएको छ भने ।
  • भुई तला वा अन्य तला भाँचिएको/भासिएको छ तर, अरु तलाहरु ठिक रहेको भएपनि घर प्रयोग गर्ने हुदैन

(ईट्टा/ढुङ्गाको गारो(वाल)

.२ घर प्रयोग गर्न नहुने अवस्था (ईट्टा/ढुङ्गाको गारो(वाल) बाट मात्र बनेको घर)

  • घर कतै ढल्किएको छ भने (सामान्य आँखाले हेर्दा ढल्के जस्तो लागेको छ भने) । वा मिस्त्री ले प्रयोग गर्ने घण्टी लगाएर हेर्दा घरका कुनाहरू घण्टीमा छैनन् भने
  • गारो वाहिर वा भित्र दुवै पट्टि चर्केको छ भने । गारो र सिलिङ जोडिएको ठाउँमा चर्किएको छ भने ।
  • जगको गारो मा कुनै चिरा देखिएको छ भने । कोठाको कुनामा (गारो जोडिएको ठाँउमा) ठाडो चिरा पुरै गारोमा परेको छ भने ।
  • आफ्नो घरमा माथिका क्षति छैनन तर छिमेकिको घर आफ्नो घर पट्टि ढल्किएर पुरै घर वा प्यारपिट मात्र पनि खस्न सक्ने अवस्थामा छ भने
  • जगमा ठाडा वा तेर्सा चिरा परेको छ भने ।
  • त्रिभुज आकारको चुरि (वैकल) को गारो भत्किएको अवस्थामा ।

.१ तल उल्लेख गरे अनुसारको सामान्य क्षति मात्र भएको घर/कोठा प्रयोग गर्न मिल्ने अबस्था (पिलरवाला घर)

  • गारो वा गारो र विमको विचमा सामान्य चिरा परेको छ भने।
  • वाल्कोनि तथा बरन्डाहरूमा चिरा परेको वा चर्किएको छ भने (त्यस्तो बाल्कोनि/बरन्डा तल आवत/जावत नहुने गरि सावधान साथ बस्न मिल्ने)
  • माथिको उल्लेख भएका बस्न नहुने कुनै क्षति नभएको तर कुनै कोठाको पार्टेसन वाल मात्र चर्किएको छ भने त्यो कोठामा नबसेर अन्य पार्टेसन वाल नचर्केको कोठामा बस्न सुरक्षित हुन्छ ।

.२ तल उल्लेख गरे अनुसारको सामान्य क्षति मात्र भएको घर/कोठा प्रयोग गर्न मिल्ने अबस्था (ईट्टा/ढुङ्गाको गारो(वाल) बाट मात्र बनेको घर)

गारो र सिलिङमा  प्लास्टर मात्र चर्केको, उक्किएर खसेको मात्र छ भने

वालको एकापट्टि मात्र सामन्य चर्केको छ भने  ।

जग र पेटि जोडिएको ठाउँमा सामान्य चर्केको छ भने (मुल गारो मा कुनै असर परेको छैन भने प्रयोग गर्न मिल्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment