+
+

भूकम्प प्रभावितलाई अपिनले ५ करोड सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते २१:२५

१९ वैशाख, काठमाडौं । निजी शैक्षिक संस्थाहरुको साझा संगठन अपिनले भूकम्प प्रभावितहरुका लागि ५ करोड रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताएको छ ।

अपिनले आ-आफ्नो संस्था वा ब्यक्तिको तर्फबाट सक्दो आर्थिक तथा भौतिक सहयोग गर्न सबै निजी शैक्षिक संस्थाहरुलाई आहृवान गरेको छ ।

निजी शैक्षिक संस्थाका सञ्चालक, प्राचार्य, शिक्षक र कर्मचारीहरुको तर्फवाट २ देखि ५ दिन सम्मकोे तलबबाट ५ करोड जम्मा गर्ने अपिनको लक्ष्य छ । अपिनले भूकम्प पिडित उद्धार मुल समितिको केन्द्रीय कोष खडा गरेको छ । यसमा हरेक शैक्षिक संस्थाले आ आफ्नो गच्छ अनुरुप जम्मा गर्नेछन् ।

अपिनले भूकम्पबाट प्रभावित १४ जिल्लाका शैक्षिक संस्था, शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको फोटो सहित विवरण पनि संकलन गर्ने भएको छ । निजी शैक्षिक संस्थाहरुको साझा संगठन अपिनले उच्च माध्यमिक शिक्षा परिषद्, सिटिईभिटी लगायत् विश्वविद्यालयहरुको स्थगित भएको परीक्षा पुनःसञ्चालन गर्न र प्रभावित जिल्लाका विद्यार्थीलाई सदरमुकाम वा राजधानीमा परीक्षा केन्द्रको व्यवस्था गरी परीक्षा अवधिभरको सम्पूर्ण खर्चका लागि कोष पनि बनाएको छ ।

भूकम्पबाट प्रभावित जिल्लाका भूकम्प पीडित विद्यार्थीलाई अल्पकालिन तथा दिर्घकालिन छात्रवृतिको व्यवस्था गर्ने निर्णय भएको अपिनले जनाएको छ ।

राहत संकलन तथा वितरणलाई प्रभावकारी रुपमा अगाडी बढाउन हिसानका अध्यक्ष एवं सभासद उमेश श्रेष्ठको संयोजकत्वमा अपिन भूकम्प पीडित उद्धार मूल समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?