Comments Add Comment

युएईमा नेपाली पत्रकारलाई अदालतबाट सफाई

safai-UAEदुबई । यूएईमा कार्यरत तीनजना नेपाली पत्रकारहरु अर्जुन दाहाल, रामप्रसाद ढुङेल र खेमराज खनाललाई अबुधाबी अदालतले सफाइ दिएको छ ।

स्थानीय अदालतले पत्रकारहरुलाई निर्दोष साबित गर्दै उनीहरुलाई सफाइ दिएको हो । ती तीन जना पत्रकारलाई अबुधाबीमा सञ्चालित एक ट्राभल्सका नेपाली मालिकले ५ महिनाअघि ठूलो बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

सफाई पाएकोमा पत्रकार महासंघको खुशीयाली

दुबईमा नेपाल पत्रकार महासंघ यूएईले शुक्रबार निर्दोष पत्रकारहरुले सफाइ पाएकोमा खुसीयालीसहित एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ समाजसेवी कृष्ण ढकालले आगामी दिनमा नेपाली भएर पनि आफ्नै  नेपालीलाई दुःख दिने खालका ब्यक्तिहरुलाई समाजले बहिस्कार गर्नुपर्ने बताए । उनले आगामी दिनमा पनि पत्रकारहरुले निडर भएर सत्य कुरामा कलम चलाई राख्न सल्लाह समेत दिए ।

कार्यक्रमका अतिथि डीएल शर्माले पत्रकारहरुले आफ्नो कलम निरन्तर चलाई रहनु र पत्रकारहरुलाई सबै संघ संस्थाहरुले आईपर्दा सधैं सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष तथा सो कार्यक्रमका सभापति अर्जुन दाहालले सत्य कुराहरुमा सदा कलम चलाई रहने प्रतिवद्धता जनाए ।

–खेमराज खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment