Comments Add Comment

गाडी चलाउन सिकाउदा अर्जुनको ज्यान गयो

रामचन्द्र नेपाल

क्वालालम्पुर । आफूसँगै काम गर्ने म्यानमारको साथीलाई गाडी सिकाउने क्रममा दुर्घटना हुँदा एक नेपालीको मलेसियामा निधन भएको छ ।

arjun thapaसिद्धार्थनगर नगरपालिका- ६ घर भई क्यामरुन हाईलैण्डको आहुङ कम्पनीमा कार्यरत अन्दाजी २८ वर्षका अर्जुन थापा क्षेत्रीको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।

वुधवार साँझ करिव ५ वजेतिर क्यामरुन हाईलैण्डको वुलवुले घुम्तिमा सवारी साधन दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गाडि सडकवाट करीव ६० मिटर तल खसेको रुद्र शर्माले जानकारी गराएका छन ।

गाडीमा रहेका म्यानमारका साथीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । अर्जुन करीव ११ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए ।

शव पोष्टमार्टम पश्चात नेपाल पठाउने तयारी भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment