Comments Add Comment

‘नेता र कार्यकर्ताको कुरा जनताले सुन्दैनन्’ : कोमल वली

komal-oli
नेपालमा गएको महाभूकम्पले राजनीति दल, नेता, मन्त्री र कार्यकर्तामाथि जनताको झनै ठूलो आक्रोश थपिएको विश्लेषण नेपाली मिडियामा हुन थालेको छ । भूकम्पको समयमा नेता, मन्त्री र सभासदहरुले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनीहरु आलोचित पनि भएका छन् ।

गायिका कोमल वलीलाई पनि यही नै लाग्छ । भूकम्पमबाट निधन भएकाहरुको संझनामा कलाकारहरुले आयोजना गरेको श्रद्धाञ्जलीमा कोमल वलीले भनिन्-‘अहिले नेपालका नेता र कार्यकर्तालाई जनताले पत्याउन छाडेका छन् ।’

यसैले, उनीहरुले भनेको कुरा जनताले नसुन्ने र सुन्न पनि छाडेको उनको भनाई छ । कोमलले कलाकारहरुले नै अब यस बिषयमा चेतना फैलाउनुपर्ने बताइन् ।

उनले कलाकारसँग भनिन्-‘अब तपाइहरु जहाँ जानुहुन्छ, जनतालाई भूकम्पबाट जोगिने घर बनाउन सल्लाहा दिनुहोस् ।’ कलाकारले भनेको कुरा १० जनाले सुन्ने भन्दै उनले नेताहरुको कुरामा जनता नजाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment