+
+
Shares

नेपाली भूकम्प पीडितका लागि सडकमा कागती पानी बेच्दै अमेरिकी अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते १०:५३

for nepal 1प्रख्यात अमेरिकी अभिनेत्री जुली बोवेन बिहीबार अपरान्ह क्यालिफोर्नियाको हाइकिङ रुट फ्राइम्यान क्यानोनमा कागती पानी बेच्दै थिइन् । आफ्ना तीन जना बच्चालाई साथमा लिएर उनले घरमै बनाएको दुई जग कागती पानी लिएर बसेकी थिइन् ।

‘लेमोनएड फर नेपाल’ अर्थात नेपालका लागि कागती पानी लेखिएको प्लेकार्ड समेत थियो उनको साथमा । त्यो रुटमा हाइकिङमा आएका पर्यटकले जुलीको हातबाट कागती पानी किने र नेपालका भूकम्प पीडितका लागि केही रकम सहयोग गरे ।

वैशाख १२ गतेको महाभूकम्पबाट पीडित नेपालीका लागि सहयोग जुटाउन बिश्वभरका सेलिब्रिटीहरु जुटिरहेका बेला यी अभिनेतृले नेपालका लागि नौलो शैलीमा सहयोग मागिन् ।

for nepal 2

उनले कागती पानी बेचेर जम्मा गरेको पैसा धेरै नभए पनि उनीजस्ता चर्चित सेलिब्रिटीले नेपालका लागि यतिबेला सहयोगको आबश्यकता छ भन्ने सन्देश फैलाउन निकै ठूलो भूमिका खेलेका छन् ।

अर्की अभिनेत्री सेलेना गोमेजले पहिले नै सहयोगका लागि अपिल गरेकी छिन् भने थुप्रै अमेरिकी सेलिब्रिटीले नेपाली मूलका चर्चित फेसन डिजाइन प्रवल गुरुङसँग हातेमालो गर्दै सहयोग जुटाइरहेका छन् । -डेलिमेलबाट

for nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?