+
+

झगडा गर्ने दिमाग गयो, अब संविधान बन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते १७:२६

prachanda

२७ वैशाख, गोरखाबजार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूकम्पसँगै नेताहरूको झगडा गर्ने दिमाग गएको दाबी गरेका छन् ।

विनाशकारी भूकम्प गएपछिको अवस्थाबारे बुझ्न आइतबार गोरखा आएका प्रचण्डले कुनै राजनीतिक दलका नेतासँग नभएकाले अब संविधान निर्माणको वातावरण बन्दै गएको बताए ।

तीन दलले संसदमा पेश गरेको  संकल्प प्रस्तावमा अन्य दलको समर्थन जुटेको भन्दै उनले अब संविधान निर्माणको सङ्केत देखापरेको उल्लेख गरे । उनले भने-‘संविधान निर्माण दोस्रो कुरा हो भनेर छोड्नु हुँदैन । अब झगडा गर्ने दिमाग गयो । यत्रो धनजनको क्षति भयो । संविधान र राहत सामग्री वितरण,पुनःस्थापनाको काम सँगसँगै गर्नुपर्छ ।’

सरकार र प्रतिपक्ष भन्नुभन्दा पनि सबै दल एकजुट भएर देशलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ । भूकम्प गएपछि देशलाई विकास गर्ने मौका आएको भन्दै उनले नेपाल बनाउने,विकास गर्नेतर्फ सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘आउने १५ वर्षभित्र नेपाललाई धेरै परिवर्तन, विकास गर्नुपर्छ’ उनले भने-‘संसारले हामीलाई हेरेको छ । हामी नयाँ सङ्कल्प गरेर अघि बढौँ । आफ्नो अर्को पार्टी नभनी एक भएर अघि बढौँ ।’

राष्ट्रिय सरकार गठनको माग

एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्ने र राष्ट्रिय सरकार राष्ट्रिय एकताको रुप हुनेले उनले बताए । ‘राष्ट्रिय सरकार नै चाहिन्छ भन्ने हाम्रो अडान होइन’ उनले भने-‘प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली प्राधिकरण पनि गठन गरेर राष्ट्रिय एकता गर्न सकिन्छ । सरकार नै गठन गर्नुपर्छ भन्ने होइन ।’रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?