Comments Add Comment

राहतमा लोभ नगर्न कोमलको आग्रह, ज्यान रहे सबथोक पाइन्छ

Komal oliकाठमाडौं । भूकम्प पीडितलाई राहत वितरण गर्दै हिंडेकी गायिका कोमल वलिले कतिपय मान्छेहरुले दोहोर्‍याई तेहर्‍याई राहत मागेको देख्दा दिक्क लागेको बताएकी छिन् ।

भूकम्पमा ज्यान बच्नुलाई पनि एउटा उपलब्धि मान्नुपर्ने भन्दै उनले भनिन ‘राहतमा लोभ नगर्नुस् ज्यान रह्यो भने सब थोक पाइन्छ ।’ राहत वितरणका लागि काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत विभिन्न ठाउँमा पुगेकी कोमलले आजसम्म ‘मलाई पुग्यो उसलाई दिनुस’ भन्ने मान्छे भेटिनन् अरे ।

‘जहाँ पुग्छु खान पाईन मात्रै भन्नु हुन्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै कोमलले भनिन ‘कतिपयले त राहत भण्डारण पो सुरु गर्न थालेछन् ।’

राहत वितरण टोली देख्ने बित्तिकै कतिपय घर नभत्केका मान्छेहरु समेत हात फैलाउदै आउने गरेको उनको भनाई थियो । बजारका छेउमा घर हुनेले राहत माग्ने कामलाई पेशा बनाएकोमा उनि चिन्तित देखिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment