Comments Add Comment

सरकारलाई असहयोग गरे हाईटीको अवस्था : संचारमन्त्री रिजाल

४ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सबै मिलेर पुनर्निर्माण गर्नेबेला सरकारको धेरै आलोचना गरे मुलुकमा हाईटीको जस्तै अवस्था आउने चेतावनी दिएका छन् । भूकम्पको विपत्तिमा सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

Minendra-Rijal

‘यो बेलामा राज्यलाई कमजोर बनाए हामी नै असफल हुन्छौं,’ सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सरकारका प्रवक्ता समेत रहेका रिजालले भने, ‘यो काम गर्ने बेलामा सरकारको धेरै आलोचना गरेर राम्रो हुँदैन, हाईटीको जस्तो अवस्था आउन सक्छ ।’

मन्त्री रिजालले सरकारले पुनः निर्माणमा अरु सस्थासँग समन्वय गरेर काम गराउने भन्दै सबैलाई आ आफ्नो ढंगले काम गर्न दिए सबै कुरा उनीहरुले विदेशबाट ल्याउने भएकोले सोचे अनुसारको काम हुन नसक्ने ठोकुवा गरे ।

भूकम्पबाट विस्थापित ६ लाख जनतालाई स्थायी बसोबास गराउने कुरा जोखिमपूर्ण भएको भन्दै बिपत्तिबाट परेको मनोबैज्ञानिक धक्कालाई चिर्दै सबै एक भएर राष्ट्र निर्माणमा जुट्नुपर्ने उनले जोड दिए ।

राष्ट्रिय सरकारका लागि तयार

मन्त्री रिजालले प्रधानमन्त्री सुशील कोइराला आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन तयार रहेको बताए ।

उनले भने, ‘यो सरकार गठन गर्ने बेलामा पनि प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन प्रयास गर्नु भएकै हो तर त्योबेला केही दलहरुले रुचि दिनु भएन । अहिले रुचि देखाउनु भएको छ । प्रधानमन्त्री यसको लागि तयार हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment