Comments Add Comment

सहमतिको सरकार अहिले आवश्यक छैन : रामचन्द्र पौडेल

Ramchandra-Paudel,-RSS

  • रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस । तस्वीर : रासस

४ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको २४ घण्टा नबित्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले त्यसको विरोध गरेका छन् । सहमतिको सरकारको बहसले भूकम्पबाट निम्तिएको विपद व्यवस्थापनमा असर पर्ने उनले आशंका गरे ।

सोमबार पत्रकार सम्मेलन गर्दै उपसभापति पौडेलले संविधानका विवादित विषयमा स्पष्ट सहमति नभएसम्म राष्ट्रिय सरकार गठनको औचित्य नहुने धारणा राखे । उनले भने, ‘संविधानका विवादित विषयमा क्लीयर भएमा मात्रै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ । नाममात्रको सहमतिको सरकारको अर्थ रहँदैन ।’

उनले सुशील कोइराला नेतृत्वको हालकै सरकार ठीक रहेको बताए । विपत्तिको सामना गर्न सबैले सरकारलाई सघाउनु पर्ने उनको भनाइ थियो ।

शक्तिशाली प्राधिकरण आवश्यक

कांग्रेस उपसभापति पौडेलले शक्तिशाली विपद व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने धारणा राखे । तर, त्यसको नेतृत्व कस्ले गर्नुपर्ला भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यो हामीले भनेर हुँदैन, संसदबाट टुंगो लगाउनु पर्छ ।’

यो पनि पढ्नुहोस्

राष्ट्रिय सरकार बनाउन कांग्रेस-एमाले सहमत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment