Comments Add Comment

कोरियन भाषा परिक्षाको मिती सर्‍यो, असोज २ र ३ गते हुने

eps (19)
४ जेठ, काठमाडौं । भूकम्पका कारण कोरियन भाषा परीक्षाको मिती असोजमा सरेको छ । असोजको २ र ३ गते भाषा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि नियमित आइरहेका पराकम्पनका कारण जेठ ३० र ३१ गते परीक्षा सम्पन्न गर्न समस्या हुने भएकाले असोजमा सार्नुपरेको बताइएको छ । श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले परीक्षा तालिका सार्ने निर्णय गरेको हो ।

परीक्षा मिती परिवर्तनका कारण परीक्ष सम्बनधी अन्य कार्यक्रम समेत परिवर्तन गर्नुपर्ने भएकाले एचआरडी कोरियासँग समन्वय गरी मिती तय गर्न इपीएस कोरिया शाखालाई निर्देशन दिइएको छ ।

छैठौं कोरियन भाषा परीक्षाका लागि वैशाख ३ देखि ६ गतेसम्म दरखास्त संकलन गरिएको थियो । अघिल्ला परीक्षाको तुलनामा यव वर्ष परिक्षार्थीहरुको संख्या घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment