+
+

यी फिल्मले बदल्यो हिरोइनको चरित्र

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ५ गते १०:०८

बलिउडमा एउटा मान्यता अझै बाँकी छ, हिरोईन भनेका फिल्मका केबल मसाला मात्रै हुन् । त्यसैले त निर्देशकहरु पनि नायिकालाई हल्काफुल्कारुपमा प्रस्तुत गर्छन् । बिरलै मात्र नायिकाहरुले सवल र नेतृत्वदायी भूमिका पाउँछन् । नायक नायिकाविच पारिश्रमिकको अन्तर पनि निकै ठूलो छ ।

तर, पछिल्लो समय केही फिल्म यस्ता फिल्म पनि आए जसले फिल्म हिट बनाउनका लागि हिरोको अवाश्यकता छैन भन्ने कुरा पुष्टि गरिदिए । तिनै फिल्मको कारण नायिकाको चरित्र नै बद्लियो । नायिकाको चरित्र बदल्ने फिल्म यस्तो छ :

क्वीन : कंगना रनौत सन् २००६ मा हिन्दी फिल्म ‘ग्याङगस्टार’ वाट बलिउडमा प्रवेश गरेकी थिईन् । सोही फिल्मवाट उनले फिल्मफेयर डेब्यु अवार्ड समेत पाईन् । अर्को फिल्म ‘फेशन’वाट सहायक कलाकारको रुपमा नेशनल अवार्ड नै पाईन् । तर, उनको अभिनय यात्रालाई बदलिदिएको फिल्म भने ‘क्वीन’ हो ।

‘क्वीन’मा काम गरेपछि कंगना रातारात स्टार बनिनन् मात्रै बलिउडका हिरोईनहरुको सर्वोच्च स्थान हाँसिल गरिन् । १२.५ करोड रुपैयाँमा बनेको यो फिल्मले ९७ करोड ब्यापार गरेको थियो । त्यसपछि मात्र कंगनाको अभिनय क्षमता स्थापित हुन पुगेको हो ।

kangana

बर्फी : प्रियंका चोपडा लामो समयदेखि बलिउडकी नम्बर वान कलाकारको रुपमा रहिन । ग्ल्यामरस छविले दर्शकलाई मख्ख पार्दै आएकी प्रीयंकाले ‘बर्फी’मा जीवन्त अभिनय गरेर सवैलाई चकित बनाइदिईन् ।

अनुराग बसु निर्देशित यस फिल्ममा पि्रयंकाले सहकर्मी कलाकार रणबीर कपुर र इलियानालाई टक्कर दिएकी थिईन् । उक्त चलचित्रमा अपाङ्गता भएकी युवतिको भुमिका निर्वाह गरेकी प्रियंकाले फिल्मफेयर अवार्ड समेत पाइन् ।

४० करोड लगानीमा बनेको उक्त फिल्मले १७५ करोड ब्यापार गरेको थियो । ‘बर्फी’ कै सफलताका कारण उनले अर्को फिल्म ‘मेरी कोम’ मा काम पाइन र सफल पनि भइन् ।

Priyanka

कहानी :  कलकत्ताको परिवेशमा निर्माण गरिएको चलचित्र ‘कहानी’ लाई न्याय गर्न सक्ने एकमात्र कलाकार भईन् विद्या वालान् । हिरो विना कुनै पनि फिल्मलाई अगाडी बढाउनु अझ फिल्मलाई सुपरहिटको ट्याग दिनु सामान्य काम हुँदै होईन ।

एउटा रहस्यमय थ्रीलर फिल्म कहानीले पुरुष प्रधान समाजको सारा भ्रम तोडिदिएको थियो । विद्याको क्षमता डर्टी पिक्चर्स र बाबी जासुस्मा पनि नदेखिएको हैन ।

vidya_balan

मिष्टर एण्ड मिसेन अैयर: चरित्रमाथि न्याय गर्ने र विषयबस्तु हेरेर मात्रै फिल्ममा काम गर्ने हिरोईनको रुपमा चिनिन्छिन् कोनकोना सेन शर्मा । सन् २००२ मा आफ्नै आमा अर्पणा सेनले बनाएको फिल्म ‘मिस्टर एण्ड मिसेन अैयर’ मा मूख्य भुमिका निर्वाह गरिन् । तमिल ब्राम्हण र बंगाली मुस्लिम युवतीको प्रेमकथामा आधारित चलचित्रमा कोनकोनाले उत्कष्ट अभिनय गरिन् ।

निर्माणताकै फिल्मका बिषयमा चर्चा सुरु भएको थियो । फिल्मको पि्रमियर शो नै स्वीटजल्याण्डको लोकार्नो इन्टरनेशन फिल्म फेष्टिवलमा गरिएको थियो । केही नेशनल र इन्टरनेशनल अवार्ड जितेको यही फिल्मको कारण कोनकोनाको अभिनयको ग्राफ निकै उच्च भएको थियो ।

एनएच १० :  सानो-सानो भूमिकामा भएपनि अनुश्का शर्माले बलिउडका केही सुपरस्टारसँग काम गरेकी छिन् । धेरै स्टारहरुसँग काम गरे पनि उनको क्षमताको विषयमा धेरैले मार्क गरेका थिएनन् । जब अनुस्काले ‘एनएच १०’ बनाएर फिल्म हिट बनाउनका लागि कुनै हिरोको जरुरी हुँदैन भन्ने कुरो स्थापित गरिदिईन् तव मात्रै उनको वास्तविक क्षमताबारे चर्चा हुन थाल्यो । नवदीप सिंहको निर्देशन रहेको उक्त फिल्मले लगानीको दोब्बर मुनाफा कमाएको थियो ।

रामलीला : अनुष्का शर्मा जस्तै दीपिका पादुकोणले पनि करिअरको सुरुवातै किंग खानसँग फिल्म खेलेर गरेकी थिईन् । उनको अभिनय दमदार भए पनि ठूला स्टारहरुको संगतको कारण उनको अभिनय छाँयामा परेको थियो ।

तर, चलचित्र ‘रामलीला’मा काम गरेपछि आम दर्शकहरुले धक फुकाएर उनको अभिनयको तारिफ गर्ने अवसर पाए । सञ्जयलीला भन्साली निर्देशित यस फिल्ममा दीपिकाले गुजराती लवजमा रोमान्स र एक्सन दुबै चरित्र निर्वाह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?