+

किन हुन्छ दिसा गडबड ? (भिडियो)

२०८१ जेठ  १० गते ११:२० २०८१ जेठ १० गते ११:२०
Shares
किन हुन्छ दिसा गडबड ? (भिडियो)

सामान्य पाचन प्रणालीमा शरीरले निकाल्नुपर्ने दिसामा परिवर्तन आउनुलाई दिसामा गडबडी भनिन्छ । चाहे त्यो झाडापखाला होस् वा कब्जियत ।

खराब जीवनशैली र खानपानको कारण धेरै मानिसमा पेटसम्बन्धी विभिन्न समस्या देखिन्छन् । दिसा गडबडी, पूरा दिसा नहुने, कब्जियत र झाडापखाला जस्ता समस्या देखा पर्न सक्छन् ।

दिसा गडबड हुने कारण

संक्रमण

अहिलेको सिजनमा झाडापखालाको समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन् । दूषित पानी र खानेकुरामा सक्रिय रहेको जीवाणु, भाइरस तथा विषादीले संक्रमण गराउँछ । तर पहिलेको तुलनामा कोभिडपछि दिसाको संक्रमण हुने समस्या अलि कम भएको छ । मानिसहरुमा हात धुने बानीको  विकास भएर तथा सरसफाइमा ध्यान दिन थालेको हुनसक्छ ।

इरिटिएबल बोउल सिन्ड्रोम

भाइरल संक्रमण र तनावको कारण इरिटिएबल बोउल सिन्ड्रोम हुन्छ । यो समस्यामा पेट कटक्क दुख्ने, थोरै दिसा हुने र फेरि एकैछिनमा दिसा लाग्ने हुन्छ ।

इरिटिएबल बोउल सिन्ड्रोमको मिश्रित प्रजातिमा कसैलाई केही समय पखाला लाग्ने र केही समय कब्जियत हुने जस्तो समस्या पनि देखिन्छ ।

इन्फ्लेमेटरी बउल डिजिज

इन्फ्लेमेटरी बोउल डिजिज पाचनसँग सम्बन्धित यस्तो रोग हो, जसले धेरै प्रकारका समस्या निम्त्याउन सक्छ । यो रोगले पाचन प्रणाली दीर्घकालीन रुपमा सुन्निने हुन्छ । जसकारण पखाला लाग्ने, दिसामा रगत आउने, राम्ररी दिसा नहुँदा पेट दुखाइ र ऐंठन लगायतको समस्या देखा पर्छ ।

ग्यास्ट्रिकको औषधि लामो समयसम्म खाँदा

ग्यास्ट्रिकको औषधि लामो समयसम्म खानु हुँदैन । धेरै जना फार्मेसीमा गएर आफूखुसी औषधि किनेर खान्छन् । पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक भयो भनेर औषधि खान थाल्छन् र लामो समय निरन्तर खान्छन् । लामो समय ग्यास्ट्रिकको औषधि खाँदा ‘क्रोनिक डायरिया’ हुन्छ । जसले गर्दा लामो समय दिसा नहुने, दिसा  गडबड हुने हुन्छ ।

थाइराइडको गडबडी

थाइराइड गडबड हुँदा पनि दिसामा गडबड हुन्छ । हाइपो–थाइराइडिज्म थाइराइड ग्रन्थीले शरीरको लागि पर्याप्त हार्मोन उत्पादन गर्दैन भने थाइराइड हार्मोनको कमी हुँदा कब्जियतको समस्या हुन्छ । ‘हाइपर थाइराइडिज्म’ थाइराइड ग्रन्थीले बढी हार्मोन उत्पादन गर्न थाल्यो भने पखाला लाग्छ । लामो समयसम्म दिसामा समस्या भयो भने थाइराइडको जाँच गर्नुपर्छ ।

मानसिक तनाव

तनाव लिने व्यक्तिलाई पेटको समस्याले सताइरहन्छ । धेरै तनाव लिंदा पाचन प्रणालीको समस्या भएर ग्यास्ट्रिक, दिसामा गडबडी जस्तो समस्या देखा पर्छ ।

पोलिभ

मलद्वारमा ‘पोलिभ मासुको’ डल्लो पलाएमा तथा आन्द्राको क्यान्सर भएमा पनि दिसामा गडबड हुने र दिसामा रगत देखापर्ने हुनसक्छ ।

कब्जियतका कारण

अस्वस्थकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निष्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेलाई कब्जियत हुनसक्छ । साथै, कतिपय औषधिका कारण पनि कब्जियतको जोखिम हुन्छ ।

एक-दुई दिनको खानाले कब्जियतको समस्या निम्तिंदैन । लामो समयदेखि शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् ।

दिसामा रगत देखिने कारण

दिसामा रगत देखिने विभिन्न कारण हुनसक्छन् । पायल्स फिसरको समस्यामा दिसामा रगत देखा पर्छ । दिसामा रगत बग्ने अर्को कारण कब्जियत पनि हो । भित्री पायल्सले पनि रक्तस्राव हुन्छ । कसैमा इन्फ्लाममेटोरी बोउल डिजिजले समेत दिसामा रगत देखिन्छ । साथै मलद्वारमा पोलिभ भएमा र आन्द्राको क्यान्सर भएमा पनि दिसामा रगत बग्न सक्छ ।

उपचार

दिसा कस्तो हुन्छ भन्ने कुरा खानामा भर पर्छ । कस्तो खाना खाइन्छ, त्यसैअनुसार दिसा निष्कासन हुन्छ । स्वस्थ र सन्तुलित खाना खाने मान्छेलाई खासै दिसाको समस्या हुँदैन ।

दूषित पानी र खानाको कारण पखालाको समस्या देखा परेको हो भने यो समस्या केही दिनमा आफैं निको भएर पनि जान्छ ।

इरिटेबल बोउल सिन्ड्रोम आन्द्राको समस्या र तनावका कारण हुने भएको तनाव हुनेबित्तिकै समस्या दोहोरिन सक्छ । यस्तो अवस्थामा औषधिसँगै मनोपरामर्श पनि बिरामीलाई दिनुपर्छ । औषधि मात्र खाएर सबै रोग निको हुँदैन । औषधिसँगै खानपान र जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्छ ।

तौल नियन्त्रण गर्न होस् वा अन्य स्वास्थ्य समस्यामा औषधि खानेबित्तिकै सबै कुरा ठीक हुन्छ भन्ने धेरैलाई लाग्छ । तर जीवनशैली परिवर्तन गरी स्वस्थकर खानपान र व्यायाम गरे रोग लाग्नबाट बच्न सकिनुका साथै लागिहालेमा पनि छिट्टै निको हुन्छ ।

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. अवशेष भण्डारी दिसा समस्या पेट तथा कलेजो रोग
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची