रमेश रावल
५ जेठ, कालिकोट । कालिकोटमा निमोनिया तथा मौसमी फ्लुका बिरामी बढेका छन् । बिरामी बढेसँगै स्थानीय मेडिकलहरुमा औषधिको अभाव भएको छ ।
गर्मीयाममा रुघाखोकी, निमोनिया बिरामी निकै बढेको र मेडिकलहरुमा औषधीको अभाव भएको तिलाकर्णाली मेडिकलका संचालक लालभक्त न्यौपाने बताए । ‘बिरामी आउने क्रम पहिलाभन्दा निकै बढेको छ,’ उनले भने,-‘दैनिक ३ देखि ४ कार्टुन औषधी खर्च हुन्छ ।’
मेडिकल संचालक न्यौपानेले आफुले मेडिकलमा निमोनिया र रुघाखोकीका ४० जना बिरामीको मेडिकलमा नै भर्ना गरेको बताए । ‘दैनिक ९० जना बिरामी आउने गरेका छन्,’ उनले भने,-‘४० जनाको यही भर्ना समेत लगेका छौं ।’
जिल्ला अस्पताल कालिकोटले भने निमोनिया र मौसमी फ्लुका बिरामी अस्पतालका नआएको जनाएको छ ।
जिल्ला अस्पताल कालिकोटका प्रमुख डा.शंकर लोहलाले पहिला जत्तिकै बिरामी दैनिक आउने गरेको भए पनि बिरामी संख्या धेरै नबढेको बताए । ‘अस्पतालमा आउने बिरामी बढेका छैनन्,’ उनले भने,-‘निमोनिया र मौसमी फ्लुका धेरै भएको आफुलाई जानकारी पनि छैन् ।’
बिरामी परेकाहरुले आफुहरुलाई एक्कासी ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने, टन्सिल हुने गरेको दुई दिनको पैतलदुरी हिडेर मान्म सदरमुकामको स्थानीय मेडिकलमा अपचार गर्न आएका पाखा गाबिस ८ का ५६ बर्षीय कलि नेपालीले बताए । नेपालीका अनुसार पाखा गाबिसमा अंधिकास बिरामी छन् ।
स्थानीयस्तरमा मेडिकल र स्वास्थ्य चौकीमा अहेव नहुदाँ सदरमुकाममा औषधी गर्न आएको नेपालीले बताए । जिल्ला अस्पतालमा ल्याव सेवा नहुदाँ स्थानीय मेडिकलहरुमा सामान्य उपचारका लागि पनि जिल्ला अस्पतालमा पठाउने गरेको स्थानीय नानीमैया जैशीले बताइन् ।
प्रतिक्रिया 4