Comments Add Comment

भूकम्प पीडितलाई एनएसीको ४८ लाख सहयोग

Nepal-Airlines-Corp-NAC
५ जेठ, काठमाडौं । भूकम्प प्रभावित परिवारलाई नेपाल वायुसेवा निगमले ४७ लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम पीडितमाझ खर्च गर्ने भएको छ ।

मंगलबार निगमका कायमुकायम महाप्रबन्धक किरण क्षेत्री (राणा)ले सो रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । निगमका कर्मचारी र निगमको खाताबाट उक्त रकम संकलन गरिएको हो ।

सो अवसरमा निगमका निर्देशक गणेशबहादुर चन्दको पनि उपस्थित रहेको थियो । सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा आफ्नो गाँस काटेर पीडितहरुलाई सघाउने परोपकारी संस्कार नेपालीमा विद्यमान रहेको बताए ।

प्रकृति संरक्षण कोषको १० लाख रुपैयाँ

प्रकृति संरक्षण कोषले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कोषका सदस्य सचिव गोविन्द गजुरेलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

इन्सेकको ७ लाख

अनौपाचारिक सेवा केन्द्र (इन्सेक)ले भूकम्प पीडितका लागि ७ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट खर्च हुनेगरी सहयोग गरेको छ । इन्सेकका संस्थापक सुशील प्याकुरेलले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment