Comments Add Comment

ग्लोबल आइएमई बैंकको सिईओमा अनिल ज्ञवाली

Global-IME-Bank

६ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अनिल ज्ञवाली नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले बुधबार ज्ञवालीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनले बुधबारै कार्यभार सम्हालेका छन् । उनको कार्यकाल ४ बर्षको उनेछ । ज्ञवाली यसअघि नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

यसअघि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य थिए । बज्राचार्यको ४ बर्षे कार्यकाल समाप्त भएपछि बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका ज्ञवालीले बैंकिङ क्षेत्रमा ३० बर्ष भन्दा बढी अनुभव संगालि सकेका छन् । नबिल बैंकमा प्रवेश गर्नुअघि उनी तात्कालिन ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment