Comments Add Comment

‘भूकम्पबाट चिरिएका अधिकांश घर बस्न अयोग्य’

७ जेठ, काठमाडौं । ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ ।

प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी  होमराज आचार्यले जानकारी दिए । “मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक गर्नेछ, बाँकी भवनमा जाँचका लागि हामी लागिपरेका छौँ, सांस्कृतिक सम्पदा र निजी भवन गरी दुई हजारमा हामीले जाँच गरी तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौँ” उनले भने ।

प्राविधिक अध्ययनमा अमेरिकाका १८ जना भूकम्पलगायत प्राकृतिक प्रकोपमा काम गरी अनुभव बटुलेका विशेषज्ञ इन्जिनियरको सहभागिता रहेको थियो ।

कार्यक्रममा अमेरिकी इन्जिनियर स्कट डग्लसले भूकम्पबाट चिरिएका अधिकांश घर बस्न अयोग्य भएको बताए । “यस्ता भवनमा नबसी सुरक्षित स्थानमा सर्न सम्बन्धितलाई सुझाव दिएका छौँ”–उनले भने ।

हाइटी र अमेरिकाका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा काम गरेका इन्जिनियरको एउटा समूह काठमाडौँ आउन लागेको छ ।  समूहले हनुमानढोकाको पुनःनिर्माणमा सघाउने प्रतिबद्धतासमेत जनाएको छ ।

जाँचमा संलग्न समूहमा डेबिड विग्स, अमेरिकामा कार्यरत नेपाली इन्जिनियर सविना सुराना, जेम्स एम कान्गी, पेटर अपसल, चारिज हेज, केल्ली नलेज र जर्ज स्टेभेन्सनलगायत विज्ञको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment