Comments Add Comment

कोरियामा आफैले काम गर्ने कम्पनीमा मृत्त भेटिए नेपाली

मीनप्रकाश उप्रेती

सोल । दक्षिण कोरियामा एक नेपाली आफू काम गर्ने कम्पनीको मेशिनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

tejraj kandelबागलुङका तेजराज कंडेल मृत फेला परेका हुन् ।

शनिबार बिहान आफ्नै कम्पनीको मेशिनमा झुण्डिएका कंडेलले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

कंडेल कोरियाको ख्यङनाम वोइरोङ मा रहेको कंक्रिट कम्पनीमा कार्यरत थिए ।

कंडेल ९ महिनाअघि कोरिया आएका लोकनाथ भट्टले बताए । भट्टका अनुसार बिवाहित कंडेलका एक छोरा र श्रीमती रहेका छन् ।

अहिले कडेलको शव प्रहरीको जिम्मामा रहेको छ । ५ दिनअघि मात्र कास्कीका रामहरी बरालले आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment