- काभ्रेका बासिन्दासँग कुराकानी गर्दै सन्चारमन्त्री डा. मीनेन्द्र रिजाल । तस्वीर सौजन्य : सूचना तथा सन्चार मन्त्रालय
९ जेठ, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले काभ्रेको भूकम्प प्रभावित क्षेत्र स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री रिजालले गत विहीबार र शुक्रबार पलाञ्चोक भगवती, साठि घर पाँचखाल, कोशिपारी भुम्लुटार, चन्डेनी मण्डन, महादेवस्थान, गैरिबिसैाना देउपुर, सिपाघाट लगायतका क्षेत्रको अनुगमन गरेका थिए ।
शनिबार पनि बिभिन्न क्षेत्रको स्थलगत सुपरिवेक्षण गरी त्यहाँको वस्तुस्थितिबारे पूर्ण जानकारी लिएको सन्चार मन्त्रालयले जनाएको छ ।