Comments Add Comment

भूकम्पपीडितको सम्झनामा दीप प्रज्वलन

११ जेठ, काठमाडौं । वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबार गुमाएका पीडितको सम्झनामा नेपाल सांस्कृतिक संघले दीप प्रज्वलन गरेको छ ।

आइतबार साँझ माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा सहभागीहरुले विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको चीर शान्तिको कामना गर्दै शोकसन्तव्ध परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

साथै भूकम्पमा परेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरबार गुमाएकाहरुलाई सहयोगका साथ अघि बढ्ने तयारी गरेको संघका सुशील घिमिरेले जानकारी दिए ।

संघले आफ्नो स्थापना दिवसको अवसरमा भूकम्पपीडितको सम्झनामा दीप प्रज्वलन गरेर पीडितहरुको सम्झना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment