Comments Add Comment

बौद्ध क्षेत्रमा चोरी गर्ने समूह पक्राउ

११ जेठ, काठमाडौं । काठमाडौंको बौद्ध, कपन, बालाजु र नयाँ वसपार्क क्षेत्रमा चोरी गर्ने समूह पक्राउ परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा कालिन्चोक घर भई कोटेश्वर बस्ने १८ वर्षका सुवाष बुढाथोकी, उदयपुर मुर्कुची घर भई कपन बस्ने २० वर्षका नविन भन्ने लालवहादुर तामाङ्ग, मोरङ लेटाङ घर भई गोंगवु बस्ने २० वर्षका भाइरस भन्ने आकाश लिम्बु, धरान १९ घर भई काठमाडौं बस्ने २२ वर्षका धराने भन्ने इन्द्र तामाङ्ग र सुनसरी देवीघाट घर भई नयाँवसपार्क बस्ने १८ वर्षका अर्जुन तामाङ्ग छन् ।

नयाँवसपार्कका विभिन्न गेष्ट हाउसमा काम गर्ने उनीहरुले मौका मिलाइ चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट ल्यापटप आइफोन एक एक थान बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment