Comments Add Comment

काठमाडौंलाई केन्द्र बनाएर ४ रेक्टरको पराकम्प

Earthquake-ktm

१४ जेठ, काठमाडौं । बिहीबार बिहान काठमाडौं उपत्यकालाई केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १२ मिनेटमा ४ रेक्टर स्केलको पराकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु ललितपुरको सैंबु क्षेत्र भएको विभागले जनाएको छ ।

केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का महसुस भएको थियो ।

विहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । यससँगै बिहीबार विहान चार पराकम्प गएको छ ।

बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सचेत रहन राष्ट्रिय भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment