Comments Add Comment

रक्सी घुस लिने प्रहरी सहायक निरीक्षक कारवाहिमा तानिए

रविन भट्टराई

१४ जेठ, ताप्लेजुङ ।     मेचि राजमार्ग अन्तर्गत ताप्लेजुङ भित्रने तथा बाहिरीने सवारी साधनको मुख्य चेकिङस्थल नाङ्खोल्याङस्थित मेवाखा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्र भट्टराई कारबाहिका लागि जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

भारतको सिक्किमबाट पाँचथरको च्याङ्थापु, फलैचा हुँदै ताप्लेजुङको खाम्दिनेबाट अबैध रुपमा नेपाल भित्र्याइएको सिक्कीमे रक्सी लिएर आएका व्यापारी र सवारीसाधनलाई व्यापारीको मिलेमतोमा घुस खाएर छाडेको स्थानीयको आरोपमा उनलाई अनुसन्धान र कारबाहीका लागि मंगलबार रातिनै जिल्ला प्रहरी कार्यालय ल्याईएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।

प्रहरी सहायक निरीक्षक भट्टराई कार्यरत सो प्रहरी चौकीबाट एक कार्टुन र नजिकैको पसलबाट थप एक कार्टुन अबैध सिक्कीमे रक्सीसमेत बरामत भएको प्रमुख कोईरालाले जानकारी दिए ।

अबैध मदिरा घुस लिएर छाडेको भन्ने सुचना पाउनसाथ सदरमुकामबाट गएको प्रहरीले भट्टराईलाई रातिनै जिल्ला ल्याएको थियो ।

छाडेको अबैध मदिरा र व्यापारीको हुन भन्ने बारेसमेत अनुसन्धान भईरहेको प्रमुख कोईरालाले बताए । अनुसन्धानका लागि ल्याईएका प्रहरी सहायक निरीक्षक भट्टराईले कति घुस र कति मदिरा लिएको भन्ने बारेमा अनुसन्धान भईरहेको र अनुसन्धान पछि कानुन बमोजिम कारवाहि गरीने उनको भनाई छ ।

सो स्थान भएर ताप्लेजुङ सदरमुकामदेखि पाँचथर, ईलाम हुँदै झापाको बिर्तामोड र जिल्लाका अन्य ग्रामिण क्षेत्रमासमेत सवारीका साधन चल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment