Comments Add Comment

मालेबाट ५ जना निष्काशित

१४ जेठ, काठमाडौँ । नेकपा (माले) ले पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य घनश्याम भट्टराई र पार्टी सदस्यहरु सर्जनबहादुर बोगटी, बमबहादुर बिसी, केकसशङ्कर कुँवर तथा लक्ष्मी फुयाँललाई पार्टीको साधारण सदस्यताबाट निष्काशित गरेको छ ।
cp mainaliपार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा यही जेठ १० देखि १३ गतेसम्म बसेको नवौँ पूर्ण पोलिटब्युरोको बैठकले पार्टी विपरीत कार्य गरेकामा उनीहरुलाई सबै जिम्मेवारीबाट मुक्त गरेको हो ।

भूकम्प प्रभावित जिल्लामा ‘लोक स्वयम्सेवक’

निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा भूकम्पबाट पीडित जनतालाई अस्थायी बसोबास निर्माणमा श्रमदान तथा भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा लोक–स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको महासचिव मैनालीले जानकारी दिए ।

त्यसैगरी, बैठकले लोक–स्वयम्सेवक परिचालनका लागि लोक–स्वयम्सेवक केन्द्रीय टोलीको निर्देशक समितिमा डम्बर श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको छ । सो बैठकले भूकम्पपश्चात्को पार्टीद्वारा सञ्चालन गरिएको उद्घार र राहत वितरण कार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउन सबै ब्युरो र जिल्ला कमिटीहरुलाई निर्देशन पनि दिएको छ ।

उद्धार, राहत वितरण, सम्भावित महामारीको रोकथाम, वर्षायाममा हुन सक्ने पहिरोको नियन्त्रण, कृषिलगायत अन्य उत्पादन कार्यलाई प्रोत्साहन गर्ने र अस्थायी आवास/भवन निर्माण तथा विद्यालयका भवन निर्माण गर्न पार्टीले सरकारसँग माग पनि गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment